जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

सारांश

  • काठमाडौँ ।
  •  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकांक्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
  • गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतित भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणाालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकांक्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतित भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणाालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।”

उनले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको बताए ।

उनले सन्देशमा भनेका छन्, “नागरिकको परिवर्तनप्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    ilahqxexoc

    Muchas gracias. ?Como puedo iniciar sesion?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?