काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन

सारांश

  • काठमाडौं ।
  • तराईलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेश द्रूतमार्ग सडक आयोजनाको रक्षामन्त्री ईश्वर पोखरेलले अवलोकन गरेका छन् ।
  • बहुप्रतिक्षित राष्ट्रिय गौरवको उक्त आयोजनाको स्थलगत अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले आगामी चार वर्षेभित्रै कार्य सम्पन्न गर्नेगरी जुट्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

काठमाडौं । तराईलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेश द्रूतमार्ग सडक आयोजनाको रक्षामन्त्री ईश्वर पोखरेलले अवलोकन गरेका छन् । बहुप्रतिक्षित राष्ट्रिय गौरवको उक्त आयोजनाको स्थलगत अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले आगामी चार वर्षेभित्रै कार्य सम्पन्न गर्नेगरी जुट्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

स्थलगत अवलोकनपछि सेनाको कामप्रति सन्तोष व्यक्त गर्दै रक्षामन्त्री पोखरेलले मुलुकको विकास र समृद्धिका निम्ती निर्धारित समयभित्रै आयोजना सम्पन्न हुने बताए । ठूला आयोजनाहरु समयमै सम्पन्न गरेर मुलुकलाई आर्थिक विकास र सम्वृद्धिमा केन्द्रीत गर्ने उनको भनाई थियो ।

आयोजना सम्पन्न गर्ने आवश्यक पर्ने स्रोत र सामग्री तथा आइपर्ने समस्या तत्काल समाधान गर्न सरकार तयार रहेको भन्दै रक्षामन्त्री पोखरेलले स्थानीय जनता र जनप्रतिनिधिहरुलाई सहयोग गर्ने आग्रह गरेका थिए । आयोजना क्षेत्रसँग जोडिएका काठमाडौं, ललितपुर, मकवानपुर र बाराका जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोग लिएर तोकिएको समयमा काम सम्पन्न गराउन नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालय र निकायसँग तत्काल समन्वय बढाउनसमेत रक्षामन्त्रीले निर्देशन दिएका थिए ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किलोमिटर रहेको दक्षिण एसियालीस्तरको हुने सो मार्गको प्रगति बुझ्न मन्त्री पोखरेलसहित रक्षा मन्त्रालयका सचिव विनोद केसी, वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जिसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा र नेपाली सेनाका योजना प्रमुख उपरथी योगेन्द्र बहादुर खाँड, युद्धकार्य महानिर्देशनालयका महानिर्देशक उपरथी शरद गिरीसहितको टोली त्यस क्षेत्रमा पुगेको थियो ।

टोलीले निजगढ, बुदुने, लेनडाँडा, सिस्नेरी र मख्खुबेसीस्थित सेनाको बेसक्याम्प र आसपासका क्षेत्रमा हवाई र पैदलमार्गबाट अवलोकन गरेको थियो । उक्त अवसरमा रक्षामन्त्रीसहितको टोलीले आयोजनाको काम अघि बढाउँदा देखिएका समस्या र स्थानीय जनताका अपेक्षा र गुनासाका सन्दर्भमा छलफल र अन्तक्र्रिया गरेको थियो । उक्त अन्तक्र्रियामा सहभागी हुँदैं मन्त्री पोखरेलले राष्ट्रिय स्वार्थका लागि सानातिना स्वार्थ र फाइदाको पछि नलाग्न स्थानीयबासीलाई आग्रह गरेका थिए । आयोजनालाई प्रतिकूल असर पुग्ने कार्य नगर्न तथा स्थानीय सरोकारका विषयलाई आपसी संवादबाटै टुंग्याउन आग्रह गरे । स्थानीय समस्या समाधानका निम्ति जनप्रतिनिधिहरुको भूमिका बढी हुने भन्दै थपे, ‘जनता अब विकास देख्न र भोग्न चाहन्छन्, त्यसैले आयोजनाको काम तोकिएको समयमा नै पूरा गर्न सक्नुपर्छ, सबै साना स्वार्थहरु ठूला स्वार्थको अधिनस्थ हुन्छन् तर सेनाले स्थानीय जनताको सरोकारलाई पनि पन्छाउने छैन भन्ने विश्वास मैले लिएको छु ।’

सेनाले हालसम्म ८ स्थानमा स्थायी बेसक्याम्पस निर्माण, रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्रयाक निर्माण, स्थानीयबासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य सामाजिक कार्य प्रारम्भ गरिसकेको छ । आयोजना सञ्चालन गर्दा चट्टान फोर्ने विस्फोटक पदार्थको आपूर्ति, ठूला पुलको सर्वेक्षण, कतिपय क्षेत्रमा सन्चार र विद्युतीकरणको समस्या रहेको कुरा रक्षामन्त्री समक्ष आयोजना स्थलमा कार्यरत सेनाका अधिकारीहरुले बताएका थिए ।

सेनाले प्रारम्भिक ट्रयाक खोलिसकेको उक्त मार्गमा ९९ वटा पुल तथा एक ठाउँमा दोहोरो सुरुङ समेत निर्माण गर्नुपर्ने छ । निर्माणको कामलाई थप गति दिन राष्टिय र अन्तर्राष्टिय निर्माण कम्पनीहरुको सहयोग पनि आवश्यक देखिएकाले उनीहरुलाई पनि सहभागी गराउने योजना सेनाको रहेको बताइएको छ । द्रूतमार्गको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङमति, सैंबू, भैंसेपाटी क्षेत्रमा भने मुअब्जाको विवाद सल्टाउन बाँकी रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
दशैंमा घर जाने हो ? असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ
दशैंमा घर जाने हो ? असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
आज १७१ संक्रमित थप, २५९ जना डिस्चार्ज
आज १७१ संक्रमित थप, २५९ जना डिस्चार्ज
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
पार्टी एकता: सारेको कि टारेको ?
पार्टी एकता: सारेको कि टारेको ?
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?