गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

सारांश

  • नवलपरासीको गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ ।
  • नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो ।
  • सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

नवलपरासीको गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो ।

सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।

उनले विपद् आउन भन्दा पहिले विपद् आउन नदिने गरी काम गर्ने बताए । यस्तै दमकलका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र दुई पालिका मिलेर छिट्टै दमकल खरिद गरिने नगरप्रमुख अधिकारीले बताए ।

यस्तै गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले विपद् व्यवस्थापन कोषमा रु एक करोड बजेट राखिएको बताए। उनले यसअघि रु ८० लाख कोष रकम छुट्याइएको जनाउँदै प्रहरीलाई विपद्मा काम गर्न सहज होस् भनी उद्धारका सामग्री सहयोग गरेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अब काम गर्न सहज हुने बताए । उनले आगामी दिनमा प्रहरी आफू सुरक्षित रहेर जनताको जीउधनको सुरक्षामा खटिन विपद् व्यवस्थापन सामग्रीले सहयोग गर्ने विश्वास गरे । चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा बर्सेनि २५ देखि ३० जनाले हाम फाल्ने गरेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले आगामी दिनमा पूर्वपश्चिम राजमार्गका कारण आउने समस्यामा नागरिकलाई सहज बनाउन सकिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीहरुको पेन्सन घट्ने , राजिनामा दिनेहरुलाई धक्का 
कर्मचारीहरुको पेन्सन घट्ने , राजिनामा दिनेहरुलाई धक्का 
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
सङ्क्रमण घटेपछि खोप ल्याइएन
सङ्क्रमण घटेपछि खोप ल्याइएन
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
चाँगुनारायणमा एक व्यक्ति एक सहकारी
चाँगुनारायणमा एक व्यक्ति एक सहकारी
अमेरिकी राष्ट्रपतिलाई निम्ता नगरिए पछि…….
अमेरिकी राष्ट्रपतिलाई निम्ता नगरिए पछि…….
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

तपाईंले छुटाउनुभयो कि?