आज तपाइँको राशीफलमा यस्तो छ…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आज तपाइँको राशीफलमा यस्तो छ…

सारांश

  • वि.
  • सं.
  • २०७५ साल माघ १९ गते शनिबार।

वि.सं. २०७५ साल माघ १९ गते शनिबार।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। तत्कालै समस्या समाधान नहुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। व्यावसायिक यात्राको योग छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। घरायसी काम रोकिन सक्छ। शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन्। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति अनुकूल बन्नाले नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि सम्पादित कामबाट धन लाभ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। पहिलेको उपलब्धिले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा थप उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मन पर्ने विशेष उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादी पार्टी एकताको साइत वैशाख १० गते जुर्यो
एमाले र माओवादी पार्टी एकताको साइत वैशाख १० गते जुर्यो
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
७२ घरपरिवारलाई खानेपानी
७२ घरपरिवारलाई खानेपानी
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
भरतपुर कारागार सार्न ठाउँ खोजिँदै
भरतपुर कारागार सार्न ठाउँ खोजिँदै
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष