अमेरिकी राष्ट्रपतिलाई निम्ता नगरिए पछि…….

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपतिलाई निम्ता नगरिए पछि…….

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्ता नआएको बताएका छन् ।
  • आगामि मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्ता पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन् ।
  • अमेरिकी अभिनेत्री मार्कल सन् २ हजार १६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्र्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्ता नआएको बताएका छन् । आगामि मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्ता पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन् । अमेरिकी अभिनेत्री मार्कल सन् २ हजार १६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्र्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन् ।

उनले ट्रम्प महिला विरोधी र विभाजक भएको पनि बताएकी थिइन् । आइटिभीका लागि पिएर्स मोर्गनसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले राजकुमार ह्यारी र मार्कल ‘मायालु र मिलेको जोडी’ जस्तो देखिएको बताए । विवाहमा उनी उपस्थित हुन चाहन्छन् कि चाहँदैनन् भन्ने प्रश्नमा ट्रम्पले आपूmले उनीहरू खुशी होउन् भन्ने चाहेको र ‘साँच्चै उनीहरू खुशी होउन् भन्न चाहन्छु’ भनेका थिए । राजकुमार ह्यारी र मार्कलले विन्डजर क्यासलमा विवाह गर्ने योजना बनाएका छन् । स्वीजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन गएका बेला मोर्गनले ट्रम्पसँग अन्तर्वार्ता लिएका थिए । डाभोसमै ट्रम्पले बेलायतकी प्रधानमन्त्री टरिजा मेसँग पनि बैठक गरेका थिए । मोर्गनले सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले आफूलाई यो वर्ष बेलायतको दुईपटक भ्रमण गर्न प्रधानमन्त्री मे ले प्रस्ताव गरेको बताएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?