गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने

सारांश

  • शिखरन्युज २५ साउन ।
  • अबदेखि वडा, गाउँपालिका, नगरपालिकाहरुमा सेवाग्राहीलाई निःशुल्क फोनमार्फत सूचना सुनिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने भएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिखरन्युज २५ साउन । अबदेखि वडा, गाउँपालिका, नगरपालिकाहरुमा सेवाग्राहीलाई निःशुल्क फोनमार्फत सूचना सुनिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनसँगै सबै वडा, गाउँपालिका, नगरपालिकामा सूचना सेवाग्राहीले सुनेर थाहा पाउनेगरी राख्न लागिएको हो ।

कुनैपनि सेवाग्राहीले ल्याण्डलाईन नम्बरमा फोन गरेपछि वडा, गाउँपालिका, नगरपालिका भित्र भैरहेका, हुने कामका बारेमा जानकारी दिने कुरा सुन्न सक्नेगरी अडियो नोटिस बोर्ड ल्याउन लागिएको हो ।

सुन्न सक्ने गरी राखिएको सूचनामा बृद्धभत्ता, एकल महिला भत्ता कहिले पाउने, कसरी पाउने लगायतका सूचना राखिनेछन् । फोन गरेको पैसा भने नलाग्ने बताइएको छ । टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् । 

अडियो सेवा अर्थात सुन्न सक्ने सूचना नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेगरी व्यवस्था गरिएको छ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउनसक्ने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको हो ।

एक जना कर्मचारीको आवाजमा वडा, गाउँपालिका, नगरपालिकाका भैरहेका सूचना र जानकारी दिने कुरा रेकर्ड गरेर राखिनेछ । फोन गरेपछि सेवाग्राहीले २४सै घण्टा सूचना सुन्न पाउनेछन् । नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?