गौशाला बनाउन महायज्ञ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गौशाला बनाउन महायज्ञ

सारांश

  • पाल्पाको रामपुरमा गौशाला बनाउन रकम जुटाउने उद्देश्यले आगामी फागुन १२ गतेदेखि महायज्ञ हुने भएको छ ।
  • अव्यवस्थित गाईको संरक्षणका निम्ति गौशाला र धर्मशाला बनाउन फागुन २० गतेसम्म रामपुर नगरपालिका वडा नम्बर ६ तातोपानी धाम रामपुर पाल्पामा महायज्ञ चल्ने छ ।
  • वडाध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दू धर्मालम्बीले लक्ष्मीको प्रतीकका रुपमा मानेर पूजा गर्दै आए पनि पछिल्लो समय हेयको दृष्टिले हेरिएकाले यसको संरक्षण गर्न र गौशाला निर्माणका लागि यज्ञ गर्न लागिएको जानकारी दिनुभयो ।

पाल्पाको रामपुरमा गौशाला बनाउन रकम जुटाउने उद्देश्यले आगामी फागुन १२ गतेदेखि महायज्ञ हुने भएको छ । अव्यवस्थित गाईको संरक्षणका निम्ति गौशाला र धर्मशाला बनाउन फागुन २० गतेसम्म रामपुर नगरपालिका वडा नम्बर ६ तातोपानी धाम रामपुर पाल्पामा महायज्ञ चल्ने छ ।
वडाध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दू धर्मालम्बीले लक्ष्मीको प्रतीकका रुपमा मानेर पूजा गर्दै आए पनि पछिल्लो समय हेयको दृष्टिले हेरिएकाले यसको संरक्षण गर्न र गौशाला निर्माणका लागि यज्ञ गर्न लागिएको जानकारी दिनुभयो । महायज्ञ मूल आयोजक समितिका सचिव वासुदेव ढकालले गाईको संरक्षण गर्दै गाई पाल्ने शैलीको विकाससमेत गराउन खोजिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?