१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२० पटक हेरिएको
Shares
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • विश्वभर महामारीको रुप लिएको कोराना भाइरस (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ सय ८२ जनाको ज्यान गएको छ।
  • जसमध्ये इटलीमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोराना भाइरस (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ सय ८२ जनाको ज्यान गएको छ। जसमध्ये इटलीमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

शनिबार १७५ जनाको ज्यान गएको इटालीमा आइतबार भने दोब्बर बढी ३ सय ६८ जनाको ज्यान गएको हो ।

यो सँगै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ। आइतबार इटलीमा ३ हजार ५ सय ९० जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै इटलीमा संक्रमितको संख्या २४ हजार ७ सय ४७ पुगेको छ । जसमध्ये १ हजार ६ सय ७२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

यस्तै चीनमा आइतबार १४ मानिसको ज्यान गएको छ। हालसम्म ८० हजार ८ सय ६० जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । आइतबार चीनमा १६ जना नयाँ संक्रमित फेला परेका छन् ।

इरानमा झन् बढ्यो संक्रमण र मृत्युदर

इटलीपछि इरानमा कोरोनाको महामारी व्यापक देखिएको छ । शनिबार ९५ जनाको ज्यान गएको इटलीमा पछिल्लो २४ घण्टामा १ सय १३ जनाले ज्यान गुमाएका छन् । यो सँगै इरानमा ज्यान गुमाउनेको संख्या ७ सय २४ पुगेको छ। आइतबार मात्रै इरानमा १ हजार २ सय ९ जना नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या १३ हजार ९ सय ३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३, स्पेनमा ९६, जर्मनी २, फ्रान्स ३६, अमेरिका ११, यूके १४, नेदरल्याण्ड ८, जापान २, अष्ट्रेलिया २, फिलिपिन्स ४, सान मारिनो २ रहेका छन् ।

आलसम्म १५७ देशमा देखिएको कोरोना भाइरसको संक्रमणबाट १ लाख ६९ हजार ५ सय ३३ जना संक्रमित फेला परेका छन् । जसमध्ये ६ हजार ५ सय १५ जनाको ज्यान गएको छ। जसमध्ये १२ हजार ८ सय ८० जना संक्रमित आइतबार मात्रै थपिएका हुन् ।

जसमध्य ५ हजार ९ सय २१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?