अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

सारांश

  • काठमाडौँ,१५ माघ ।
  • भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।
  • भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो ।

काठमाडौँ,१५ माघ । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो ।

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको सङ्ख्या अत्यन्त कम रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जीएमएएलआई भक्तपुरले जनाएको छ ।

लाभग्राहीको सूचीमा रहेका जिल्लाका कूल २८ हजार ३०८ मध्ये अनुदान लैजान २४ हजार २८३ भूकम्पपीडितले सम्झौता गरेका थिए । तर पहिलो किस्तावापत रु ५० हजार लैजानेको तुलनामा दोस्रो र तेस्रो किस्ताको रकम लैजानेको सङ्ख्या निकै न्यून रहेको प्राधिकरण भक्तपुर जिल्लाका प्रमुख ध्रुव गैडाले जानकारी दिनुभयो ।

सम्झौता गरेकामध्ये दोस्रो किस्ता लैजानेमा सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता लैजानेमा छ हजार ६८७ मात्रै रहेको उहाँको भनाइ छ । पहिलो किस्ताको सम्झौता गरेर रकम लैजानेमध्ये २१ हजार ६२१ भूकम्पपीडितले अझै तेस्रो किस्ताको रकम लिन आएका छैनन् । यसको अर्थ भूकम्पपीडितले अझै निजी आवास निर्माण गर्न नसक्दा थप रकम लिन नआएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरण भक्तपुरका प्रमुख गैडाका अनुसार कतिपय भूकम्पपीडितले आर्थिक अभावका कारण घर निर्माण गर्न नसक्दा दोस्रो र तेस्रो किस्ता लिन नआएका, कतिपयले नगरपालिकाको नक्सा पासमा सहज नहुँदा त्यही अलमलिएर बसेकाले नआएको, कतिपयले नक्सा पास नै नगरी घर निर्माण गरेका, कतिपयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा र कतिपयले बहुस्वामित्वमा रहेकाले अनुदान लिन नआएको पाइएको बताउनुभयो ।

बहुस्वामित्व, गुठीजस्ता समस्याको भने प्राधिकरणले समाधन गर्दै अनुदान दिने नीति बनाएर पनि कतिपयले यसबारे जानकारी नै नपाउँदासमेत भूकम्पपीडित अलमलिएको गुनासो बढेको छ । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा कूल सात हजार ६२२, चाँगुनारायण नगरपालिकामा १० हजार ९३७, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही गरी कूल २८ हजार ३०८ लाभग्राही सूचीकृत भएका छन् ।

पहिलो किस्ता लैजानेमध्ये भक्तपुर नगरपालिकामा पाँच हजार ५९६, चाँगुनारायण नगरपालिकामा नौ हजार ६८०, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही रहेको प्राधिकरणका इञ्जिनीयर भोजराज भट्टले जानकारी दिनुभयो ।

दोस्रो किस्ता सम्झौता गरी रकम लैजानेमध्ये भक्तपुर नगरपालिकामा एक हजार ५२८, चाँगुनारायण नगरपालिकामा दुई हजार ७५८, मध्यपुरथिमि नगरपालिकामा ६०४ र सूर्यविनायक नगरपालिकामा दुई हजार २५२ लाभग्राही गरी कूल सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता सम्झौता गरेर अनुदान लैजाने भूकम्पपीडितमध्ये भक्तपुर नगरपालिकामा एक हजार ३५४, चाँगुनारायण नगरपालिकामा दुई हजार ६२४, मध्यपुरथिमि नगरपालिकामा ५६७ र सूर्यविनायक नगरपालिकामा दुई हजार १४१ गरी कूल छ हजार ६८७ रहेका छन् ।

त्यस्तै प्रवलीकरणतर्फ थप सर्वे तथा पुनः जाँचबाट थपिएका ४१४ गरी प्रवलीकरण वर्गमा परेका थप लाभग्राही ६९४ रहेकोमा अनुदान रकमको प्रथम किस्ता प्राप्त गर्ने २७७ लाभग्राही मात्रै रहेको इञ्जिनीयर भट्टले जानकारी दिनुभयो । समयमै निजी आवास निर्माण गर्न भूकम्पपीडितलाई पटकपटक आग्रह गरिएको र गाउँगाउँमा गएर यसबारे जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल
एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
राष्ट्रियसभामा ९ पार्टीका ८२ जनाको उम्मेदवारी
राष्ट्रियसभामा ९ पार्टीका ८२ जनाको उम्मेदवारी
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल
सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट
मुख्यमन्त्रीको विषयमा फोरम र राजपाभित्र शुरु भयो यस्तो खटपट
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
उपप्रधानमन्त्री पोखरेलको राज्य व्यवस्था समितलाई चुनौती-हाजिर हो भन्ने ? (भिडियोसहित)
बागलुङको छुर्पी अमेरिका निर्यात
बागलुङको छुर्पी अमेरिका निर्यात
निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने

तपाईंले छुटाउनुभयो कि?