पाँचथरमा ११ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पाँचथरमा ११ जना पक्राउ

सारांश

  • आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् ।
  • त्यस्तै सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् ।

त्यस्तै सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई विद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । उनीहरुउपर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुनै पार्टी वा संगठनमा आबद्ध रहेका आधारमा पक्राउ नगरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । तर बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाँचथरले भने प्रहरीले बिनाकारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन
निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
२० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ
खोप दरबन्दी कटौती नगर्न माग
खोप दरबन्दी कटौती नगर्न माग
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…

तपाईंले छुटाउनुभयो कि?