घट्यो सुनचाँदीको मूल्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
२५ पटक हेरिएको
Shares
घट्यो सुनचाँदीको मूल्य

सारांश

  • मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार दर तोक्दै मूल्य घटेको जानकारी दिएको हो ।
  • यससँगै, आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार दर तोक्दै मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

हिजो सोमबार तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । महासंघले आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज प्रतितोला चाँदीको मूल्य ११ सय ५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?