रमिला हत्या प्रकरण : २६ दिनपछि कोशीमा भेटियो शव

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
रमिला हत्या प्रकरण : २६ दिनपछि कोशीमा भेटियो शव

सारांश

  • सुनसरी १३ चैत।
  • मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ ।
  • बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुनसरी १३ चैत। मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोरङका प्रहरी प्रमुख मनोज केसीले शव शंकास्पद भएकाले पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइको बताए । ‘कोशी नदीमा शव भेटिएपछि पोष्टमार्टमका लागि पठाउँदैछौं,’ उनले भने ।

गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो । प्रहरीका अनुसार रमिला गुरुङकी प्रेमिका हुन् ।

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । गुरुङले रमिलाको हत्या गरेको स्वीकार गरेपनि शव नभेटिएकोले उनलाई अपहरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।

गुरुङले रमिलाको हत्या गरेर बा१५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज पुर्‍याएर फालेको बताएका थिए ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले गुरुङको बयानसँग मिल्दो जुल्दो अवस्थामै शव कोशी नदीमा भेटिएको बताए ।उनका अनुसार गुरुङले बयानमा भने जस्तै बोरामा भेटिएको शव हातखुट्टा बाँधेको अवस्थामा कोशी ब्यारेजको सप्तरीतर्फको ५२ नम्बर ढोकामा भेटिएको हो ।

राई र गुरुङ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । मादक पदार्थ सेवन गर्दा विवाद भएपछि रमिलाको हत्या गरेको गुरुङले बयान दिएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?