घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने

सारांश

  • एजेन्सी, २१ फागुन ।
  • घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने अनुसन्धानबाट पत्ता लागेको छ ।
  • बिरालो, कुकुर जस्ता घरपालुवा जनावरले भाइरस फैलाउन नसक्ने रुसी सरुवा रोग विशेषज्ञले जनाएका हुन् ।

एजेन्सी, २१ फागुन । घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन नसक्ने अनुसन्धानबाट पत्ता लागेको छ । बिरालो, कुकुर जस्ता घरपालुवा जनावरले भाइरस फैलाउन नसक्ने रुसी सरुवा रोग विशेषज्ञले जनाएका हुन् ।

रुसको रिसर्च इन्स्टिच्युट अफ इपिडिमिओलोजीका सल्लाहकार भिक्टोर मालियभले समाचार संस्था तासलाई जनाए अनुसार घरपालुवा जनावरले कोरोना भाइरस फैलाउन सक्दैन । यसअघि हङकङका अधिकारीहरुले घरपालुवा जनावरले मानिसमा कोरोना भाइरस फैलाएको भनेका थिए ।

परीक्षणबाट यस्ता नदेखिएको जनाइएको छ । मेलएभले तथ्यांकहरु उल्लेख गर्दै कोरोना भाइरस लागेका मानिसलाई बिरालो, कुकुर जस्ता जनावरमा परीक्षण गर्दा सरेको भेटिएन । उनले अहिलेसम्म घरपालुवा जनावरमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?