नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

सारांश

  • काठमाडौं।
  • एसीसी यु–१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपाल अर्को महिना श्रीलंकामा हुने अण्डर १९ एशिया कपका लागि छनोट भएको छ ।
  • आज भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा छनोट हुन सफल भएको हो ।

काठमाडौं। एसीसी यु–१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपाल अर्को महिना श्रीलंकामा हुने अण्डर १९ एशिया कपका लागि छनोट भएको छ । आज भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा छनोट हुन सफल भएको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६‍‍।१ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ३९ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । रित गौतमले १३, रोहित कुमार पौडेलले १२, खडक बहादुर बोहराले ८, भीम सार्कीले ८ रन बनाए ।

यसअघि मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३।१ ओभरमा ९५ रनमै रोकेको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।

हङकङका लागि कप्तान अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । कल्हान मार्क चल्लुले १९ र रौनक कपूरले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यससँगै नेपाल २८ अगष्टदेखि ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने अण्डर १९ एशिया कप खेल्नका लागि छनोट भएको छ ।

एशिया कपका लागि नेपाल छनोट भएसँगै यसका प्रतिस्पर्धी टिमहरु पूरा भएका छन् । नेपालले एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएइ र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । एशिया कपको तालिका सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय
सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
घुस लिएको आरोपमा इञ्जिनीयर र वडा सदस्य पक्राउ
घुस लिएको आरोपमा इञ्जिनीयर र वडा सदस्य पक्राउ
विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा
विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन  र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
विश्वकप फुटबल २०१८: नकअाउट चरणमा यि टिम खेल्दैछन अाज
सरकारबाट बाहिरिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने राप्रपाको निर्णय

तपाईंले छुटाउनुभयो कि?