दरबारमार्गका सई महाराजगञ्ज बाट पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
दरबारमार्गका सई महाराजगञ्ज बाट पक्राउ !

सारांश

  • काठमाडाै, १६ जेठ ।
  • महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र एडी  महाराजगञ्ज वृत्तको क्षेत्रमा घुस लिदैं गर्दा पक्राउ परेका छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले एडीलाई २४ हजार रुपैयाँ घुससहित मंगलबार रिचमन्ड रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।

काठमाडाै, १६ जेठ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र एडी  महाराजगञ्ज वृत्तको क्षेत्रमा घुस लिदैं गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले एडीलाई २४ हजार रुपैयाँ घुससहित मंगलबार रिचमन्ड रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो। सई एडीले सोही रेष्टुरेन्टबाट घुस लिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार २०६३ मा असईबाट प्रहरी सेवा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए।

करिब ११ वर्ष लामो कार्यकालमा दर्जनौं पटक आन्तरिक कारवाहीमा परे पनि उनको सरुवा काठमाडौं बाहिर लामो समयका लागि भएको थिएन।

केही समय ट्राफिकमा समेत बसेका एडीले काठमाडौंमा आफू कार्यरत पूर्व वृत्तहरूका क्षेत्रमा रहेका रेष्टुरेन्ट, बालुवा खानी र रात्रिकालीन व्यवसायीसँग मासिक रकम असुल्दै आएका थिए।

उनको व्यवहारबाट पीडित व्यवसायीले आयोगमा उजुरी दिएपछि मंगलबार उनी रंगेहात पक्राउ परेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?