‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !

सारांश

  • काठमाडौं,  ८ जेठ ।
  •   गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी छानविन समितिले ३३ किलाे सुन काण्डका नाइके  सार्वजनिक गरेको हो ।
  • पत्रकार सम्मेलनमा उप्रेतीले प्रहरीले लगाइदिएको कालोपट्टी मुखमा लगाएका थिए ।

काठमाडौं,  ८ जेठ ।  गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी छानविन समितिले ३३ किलाे सुन काण्डका नाइके  सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा उप्रेतीले प्रहरीले लगाइदिएको कालोपट्टी मुखमा लगाएका थिए । गोरेको हुलिया रातो क्याप, मुखमा कालोपट्टी, खइरो पाइन्ट, कालो टिर्सट, चप्पल अनि हल्का दाह्री रहेको थियो ।

सञ्चारकर्मीले छानविन समितिका सदस्यहरुलाई गोरेको माक्स खोलिदिन आग्रह गर्दा गोरे आफैंले  लो हेर्नुस् भन्दै माक्स खोलेका थिए । पत्रकार सम्मेलनकै क्रममा आक्रामक रुपमा गोरेले मास्क खोलेर आफ्नो अनुहार देखाएका थिए ।

गोरे काठमाडौंबाटै पक्राउः छानविन समिति

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानविन समितिले गोरे काठमाडौं महानगरिपालिका७ गौरीघाटबाट पक्राउ परेको जानकारी दिएको हो ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिका अनुसार गोरे काठमाडौं आएको गोप्य सूचनाका आधारमा पछ्याउने क्रममा विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

अनुसन्धान समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरी पौडेलले विशेष संयन्त्र परिचालन गरी भारत तथा नेपालका विभिन्न क्षेत्रमा उनको खोजी भइरहेको र उनी काठमाडौँ आएको विशेष सूचनाको आधारमा मंगलबार बिहानै पक्राउ गरिएको बताए ।

गोरेलाई छिट्टै विराटनगर लगिने

सुन तस्करी र सनम हत्या काण्ड पेचिलो बन्दै गएपछि गत चैत २० गतेको मन्त्रिपरिषद् निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सरकारी छानविन समिति बनेको थियो ।

यता सुनकाण्डबारे अनुसन्धान गर्दा धेरै बाधा अड्चन आएको संयोजक पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा संयोजक पोखरेलले पक्राउ परेका गोरेलाई जतिसक्दो चाँडो विराटनगर लगिने जानकारी दिएका छन् । अदालतमा विचारधिन विषय भएकाले यसतर्फ गम्भिरतापूर्वक लिइदिन पनि पौडेलले आग्रह गरे ।

मोरङ जिल्ला अदालतमा दर्ता भएको यो मुद्दाको मुख्य अभियुक्त पक्राउ पर्नासाथ मोरङ जिल्ला अदालतमा पुर्याउनेपर्ने कर्तव्य भएकाले यथाशाक्य छिटोभन्दा छिटो विराटनगर चलान गरिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी
ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
ओली निवास बालकोट पुगे भारतीय राजदूत मन्जिव सिंह पुरी
सर्वोच्च अदालतमा  दुई कामु प्रधानन्ययाधीश !
सर्वोच्च अदालतमा दुई कामु प्रधानन्ययाधीश !
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
परिचय खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न पाउने
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम
रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम

तपाईंले छुटाउनुभयो कि?