मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
सारांश
- काठमाडौं ।
- स्वास्थ्य जाँच गर्न गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
- घाँटी हल्लने समस्या आएपछि र नेपालमा रोग पत्ता नलागेपछि शुक्रबार उनी उपचारका लागि बैंकक गएका छन् ।
काठमाडौं । स्वास्थ्य जाँच गर्न गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटी हल्लने समस्या आएपछि र नेपालमा रोग पत्ता नलागेपछि शुक्रबार उनी उपचारका लागि बैंकक गएका छन् ।
मुख्यमन्त्री राईको बैंककमा रहेको बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार भैरहेको छ । उनको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार मुख्यमन्त्री राईको रोगको रिपोर्ट भने आइसकेको छैन । विस्तृत रिर्पोत कात्तिक २६ गते आउने बताइएको छ । मुख्यमन्त्री राई आलोचना आउने भएपछि निजी खर्चमा उपचारका लागि थाइलैंन्ड जाने बताएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया