घरबाट भागेर युवतीले प्रेमीको बाबुसँग विवाह गरिन…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
घरबाट भागेर युवतीले प्रेमीको बाबुसँग विवाह गरिन…

सारांश

  • मानिसको दिमाग बडा अचम्मको हुन्छ कतिबेला कसको मनमा के चल्छ थाहा नै हुँदैन ।
  • यस्तै आज एक घटनाका बारेमा जानकारी दिनेछौ ।
  • जहाँ एक युवतीले आफ्नो प्रेमीको विधुर पितासँग विवाह गरेकी छिन् र त्यो पनि प्रेमीको इच्छा अनुसार ।

मानिसको दिमाग बडा अचम्मको हुन्छ कतिबेला कसको मनमा के चल्छ थाहा नै हुँदैन । यस्तै आज एक घटनाका बारेमा जानकारी दिनेछौ । जहाँ एक युवतीले आफ्नो प्रेमीको विधुर पितासँग विवाह गरेकी छिन् र त्यो पनि प्रेमीको इच्छा अनुसार ।

सुन्नमा गजब लाग्ने यो विषय वास्तविकता हो । युवा र युवतीको बीचमा माया हुनु नयाँ कुरा होइन यो त सयौ वर्षदेखि चलिआएको कुरा हो र अब पनि चलिरहन्छ । विहारको समस्तीपुर जिल्लामा एक युवतीले आफ्नो प्रेमीसँग विवाह गर्न घरबाट भागेकी थिइन्, तर विवाह भने प्रेमीको पितासँग भएको छ र उनी अब प्रेमीको आमा बनेका छन् ।

वास्तवमा ६ महिना पहिला घरबाट निस्केकी युवती घरमा फर्केर आइनन् । उनी उनको प्रेमीसँग भागिन् घरबाट भागेपछि उनका १७ वर्षका प्रेमीले आफ्नी प्रेमीकालाई बाबुसँग विवाह गरिदिए । उनले प्रेमीले नै विवाह गर्न लगाएकाले गरेको बताएकी छिन् ।

वास्तविकता अर्कै रहेछ । उनीहरु २ जना घरबाट भागेपछि जाने कुनै बाटो थिएन् । केटीको घर जान सक्ने स्थिती पनि थिएन् । त्यसैले उनले ने पितासँग विवाह गर्न आग्रह गरेका रैछन् ।यता केटीको घरमा भने आफ्नो छोरीलाई गाउँका हरिओम कुमारमाथी अपहरण गरेको आरोप लगाउदै मुद्दा दायर गरेका छन् । प्रहरीले हरिओमलाई गिरफ्तार गरेपनि सबैकुरा युवतीले प्रहरीलाई बताएपछि उनी रिहा भएका छन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?