श्रमको कागजपत्र छिटो बनाइदिन्छु भन्दै २५ हजार
सारांश
- काठमाडौं ।
- वैदेशिक रोजगारीका लागि चाहिने श्रमको कागजपत्र छिटो बनाइदिन्छु भन्दै घुस लिने विचौलियालाई प्रहरीले पक्रेको छ ।
- नगद २५ हजार रुपैयाँ लिने २ जनालाई प्रहरीले पक्रेको हो ।
काठमाडौं । वैदेशिक रोजगारीका लागि चाहिने श्रमको कागजपत्र छिटो बनाइदिन्छु भन्दै घुस लिने विचौलियालाई प्रहरीले पक्रेको छ । नगद २५ हजार रुपैयाँ लिने २ जनालाई प्रहरीले पक्रेको हो ।
ठमाडौं सोल्टीमोड बस्ने मकवानपुर हेटौंडा नगरपालिका घर भएका २२ वर्षीय सन्तोष गुरुङ र काठमाडौं कुलेश्वीर घर भएका २२ वर्षीय बिशाल रिसालले श्रमको काजग छिटो बनाइदिन्छु भन्दै २५ हजार रुपैयाँ लिएका थिए ।
काठमाडौं महानगरपालिका(१३ ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय बाँके सदुवा घर भएका ४८ वर्षीय एक पुरूषलाई श्रमको कागजपत्र छिटो गरिदिन्छु भनेर नगद २५ हजार लिएका थिए ।
तर, उनीहरुले कागज नबनाइ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया