करण र सन्दिप चम्किँदा नेपालकाे शानदार जित !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
करण  र सन्दिप चम्किँदा नेपालकाे शानदार जित !

सारांश

  • काठमाडाैँ २१ असाेज ।
  • टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई १ सय ४० रनकाे विशाल रन अन्तरले हराएकाे छ ।
  • अाइतबार मलेसियाकाे क्वालालम्पुरमा भएकाे खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेकाे हाे ।

काठमाडाैँ २१ असाेज । टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई १ सय ४० रनकाे विशाल रन अन्तरले हराएकाे छ । अाइतबार मलेसियाकाे क्वालालम्पुरमा भएकाे खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेकाे हाे । याे नेपालकाे प्रतियाेगितामा लगातार तेस्राे जित हाे । यसअघि म्यानमार र मलेसिया दुवैलाई अाठ विकेटले हराएकाे थियाे ।

१ सय ७३ रनकाे लक्ष्य पछ्याएकाे थाइल्याण्डले ८ दशमलब ५ अाेभरमा १८ रन बनाउँदा पानी परेपछि डकवर्थ लुइस पद्धति अनुसार नेपालले १ सय ४० रनले खेल जितेकाे हाे । खेल अवरुद्ध हुनु अगाडी नै थाइल्याण्डले ९ विकेट गुमाइसकेकाे थियाे । पानी परेपछि लक्ष्य १ सय ५८ रनकाे बनेकाे थियाे ।

नेपालकाे जितमा करण केसीकाे अलराउण्ड प्रदर्शन र सन्दिप लामिछानेकाे कसिलाे बलिङ् महत्वपूर्ण रह्याे । थाइल्याण्डलाई सस्तैमा राेक्ने क्रममा सन्दिप एक्लैले मात्र ८ रन खर्चेर ५ विकेट लिए । भने करणले ३ विकेट निकाले । त्यस्तै ललित राजवंशीले १ विकेट लिए । थाइल्याण्डका कुनै पनि खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

करन केसीकाे अाक्रामक पारीकाे मदतमा नेपालले ७ विकेटकाे क्षतिमा १ सय ७२ रन बनाएपछि थाइल्याण्डले १ सय ७३ रनकाे लक्ष्य पाएकाे थियाे । नाै नम्बरमा ब्याटिङ् गर्न अाएका करनले मात्र १४ बलमा ४ छक्का र २ चाैका प्रहार गर्दै ४० रन बनाएका थिए ।

राम्राे सुरुवात पाएकाे नेपालले लय कायम गर्न नसक्दा बिचमा भड्किएकाे थियाे । २ विकेटकाे क्षतिमा ९९ रन बनाएकाे नेपालले त्यसपछिकाे २९ रनमा लगातार ५ विकेट  गुमाएकाे थियाे । नेपालका लागि करन केसीले ४० रन बनाउनु बाहेक सरद भेषावकरले ३३, दिपेन्द्र सिँह एेरीले ३० र अनिल कुमार शाहले २५ रन बनाए । त्यस्तै विनाेद भण्डारीले १५ रन बनाउनु बाहेक अन्यले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । थाइल्याण्डका लागि पायुपुथ सुङ्नार्ड एक्लैले ४ विकेट लिए ।

खेलका म्यान अफ द म्याच करण केसी बने । भने याे खेल पश्चात सन्दिपकाे प्रतियाेगितामा ३ खेलबाट १४ विकेट भएकाे छ ।

नेपालले अब भुटान, चीन र सिंगापुरसँग खेल्न बाँकी छ । यस प्रतियोगिताबाट शिर्ष तीनमा रहने टोली अर्को चरणको छनोट प्रतियोगिता खेल्नेछन् । अर्को समूह ए बाट भने युएइ, कतार र कुवेत दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाएका छन् । एसिया छनोट प्रतियोगिताबाट दुई टोलि विश्वव्यापि छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् । जहाँ जम्मा १४ टोली सम्मिलित हुनेछन् र शिर्ष ६ टोलि २०२० मा हुने टि ट्वान्टि विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग-योः प्रधानमन्त्री दाहाल
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग-योः प्रधानमन्त्री दाहाल
‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन
‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
पाँच दिन देशभरका बैंक नखुल्ने
पाँच दिन देशभरका बैंक नखुल्ने
सुन तस्करी प्रकरण: समितिको म्याद थपिने, यि ‘ठुला माछा’ जालमा पर्दै
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि
नेपाललाई एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा
ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा