मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ

सारांश

  • हेटौँडा, २४ माघ ।
  • मकवानपुरगढी गाउँपालिकाको रानीसेरामा रानीवास एग्रो टुरिजम पार्क निर्माण प्रारम्भ गरिएको छ ।
  • कृषि उत्पादनमा वृद्धि र उत्पादनको विस्तारसँगै कृषि पर्यटन भित्र्याउने उद्देश्यसहित एग्रो टुरिजम पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिनुभयो ।

हेटौँडा, २४ माघ । मकवानपुरगढी गाउँपालिकाको रानीसेरामा रानीवास एग्रो टुरिजम पार्क निर्माण प्रारम्भ गरिएको छ ।कृषि उत्पादनमा वृद्धि र उत्पादनको विस्तारसँगै कृषि पर्यटन भित्र्याउने उद्देश्यसहित एग्रो टुरिजम पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिनुभयो । कूल रु छ करोड ५० लाख लागतमा निर्माण हुने पार्क कृषि क्षेत्रमा रुचि राख्ने सम्पूर्ण नेपालीको आकर्षणको केन्द्र हुने तथा नेपाली कृषिको नमूना पार्क र अध्ययन केन्द्रसमेत रहने उहाँको भनाइ छ । पार्क निर्माणले कृषि क्षेत्रप्रति आकर्षण बढ्ने तथा ग्रामीण क्षेत्रबाट भइरहेको जनशक्ति पलायनसमेत रोकिने उहाँले बताउनुभयो ।

पार्क निर्माणस्थल निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्गको नजिक रहेकाले यहाँ नेपालीमात्र हैन भारतीय पर्यटक पनि आकर्षित हुने गरी विभिन्न किसिमका फलफूल तथा पुष्पपार्क निर्माण गरी स्थानीय उत्पादनको वृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो । विगतमा ठूलो बस्ती भए पनि पानीको समस्याका कारण बस्ती खाली भएको अति सुन्दर स्थान हो रानी सेरा । “यहाँ हामी खानेपानीलगायत सम्पूर्ण आवश्यकीय कुराको पूर्ति गरेर काम गर्छौं”, उहाँले भन्नुभयो ।

भौगोलिक विकटताका कारण विकासमा पछि परेको गढीको १ नम्बर वडा पार्क निर्माणपछि भने पर्यटन तथा उत्पादनसमेत बढाएर विकासमा अगाडि बढाउँदै लाने सोच रहेको वडाध्यक्ष आइतसिंह लोले बताउनुभयो । मकवानपुरगढीको जतिनै उचाइ रहेकाले जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानको मनोरम दृश्य अवलोकनसमेत गर्न सकिने उहाँको भनाइ छ । उहाँले पार्क व्यवस्थित गरेसँगै घरवासमार्फत गढीमै उत्पादित खाद्य तथा अन्य चिजबिजले अतिथिलाई स्वागत गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक्लै फिल्म मणिकर्णिकाको प्रचारमा कंगना
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
बागलुङको पछिल्लो मगणना अपडेट !
बागलुङको पछिल्लो मगणना अपडेट !
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना
कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु
कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता