नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
सारांश
- काठमाडौं ।
- डिजिटल मिडियाको बाढी आइरहेको समयमा माघ १ गतेको साइत पारेर जनता पोस्ट दैनिक बजारमा आएको छ ।
- जनता पव्लिकेशन प्रालिद्वारा प्रकाशित जनता पोष्ट दैनिकको सम्पादक नारायण अमृत रहेका छन् ।
काठमाडौं । डिजिटल मिडियाको बाढी आइरहेको समयमा माघ १ गतेको साइत पारेर जनता पोस्ट दैनिक बजारमा आएको छ । जनता पव्लिकेशन प्रालिद्वारा प्रकाशित जनता पोष्ट दैनिकको सम्पादक नारायण अमृत रहेका छन् ।
जनता पव्लिकेशन प्रालिले जनता पोस्ट दैनिकको नियमित प्रकाशन माघ १ गतेदेखि शुरु भएको जनाएको छ । जनता पोस्ट दैनिकको यसअघि ३ वटा नमुना अंक प्रकाशन गरिएको थियो ।
माघ १ गतेकै साइतमा जनता पोस्टको अनलाइन संस्करण पनि प्रारम्भ गरिएको छ । जनता पव्लिकेशन प्रालिका लागि अध्यक्ष तेन्जी शेर्पा रहेका छन् भने प्रवन्ध निर्देशकमा पासाङ शेर्पा रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया