घरेलु तथा साना उद्योगमा आर्थिक अनियमितता !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
घरेलु तथा साना उद्योगमा आर्थिक अनियमितता !

सारांश

  • गाईघाट, २७ साउन ।
  • उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको घरेलु तथा साना उद्योग विकास समितिबाट त्रियुगा नगरपालिकाभित्र विभिन्न उद्यमीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा आर्थिक अनियमितता भएको छ ।
  • घरेलुबाट सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रममा नगरका विभिन्न वडामा कृतिम उद्यमी खडा गरेर खर्च धेरै देखाउने र कतिपय वडामा वितरण गरिएका सामग्री गुणस्तरहीन भएको स्वयं उद्यमी तथा स्थानीय जनप्रतिनिधि बताउँछन् ।

गाईघाट, २७ साउन । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको घरेलु तथा साना उद्योग विकास समितिबाट त्रियुगा नगरपालिकाभित्र विभिन्न उद्यमीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा आर्थिक अनियमितता भएको छ । घरेलुबाट सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रममा नगरका विभिन्न वडामा कृतिम उद्यमी खडा गरेर खर्च धेरै देखाउने र कतिपय वडामा वितरण गरिएका सामग्री गुणस्तरहीन भएको स्वयं उद्यमी तथा स्थानीय जनप्रतिनिधि बताउँछन् ।

आर्थिक वर्ष ०७४÷७५ मा घरेलुअन्तर्गत लघुविकास कार्यक्रम (मेडेप)ले त्रियुगा नगरपालिका वडा नं ३ र ६ मा सञ्चालन गरेको कार्यक्रममा स्थानीय उद्यमीभन्दा धेरै सङ्ख्या देखाएर सम्बन्धित कर्मचारीले आर्थिक अनियमितता गरेको वडा नं ३ का वडाध्यक्ष अपदेश चौधरीले बताए । चौधरीले भने, “वडामा २० भन्दा बढी उद्यमी देखाएर बजेट धेरै खर्च भएको थाहा पाएँ, तर आफ्नो वडामा पाँच उद्यमीले मात्र सहयोग पाएको र अन्य सबै फर्जी उद्यमीको नाम समावेश भएको छ ।” घरेलु (मेडेप)ले उद्यमी बनाएर बजेट तथा आर्थिक सहयोग गरेका ब्यक्ति एक जना पनि वडामा नभएको दाबी वडाध्यक्ष चौधरीको रहेको छ । यस्तै वडा नं ६ मा पनि २० कृतिम उद्यमी भएको र वास्तविक उद्यमी १० मात्र रहेको उद्यमी सीता चौधरीले बताए ।

यता उद्यमीलाई जमुनापारीको भारतबाट ल्याएको उन्नत जातको बोका वितरण गर्ने भनेर कतिपय उद्यमीलाई लोकल स्थानीय बोका वितरण गरेको उद्यमीको आरोप छ । यस्तै उद्यमीका लागि वितरण गरिएका दालमोड, भुजिया तथा जुस बनाउने मेशिन तथा उपकरण पनि कृतिम मेशिन भएको उपभोक्ता बताउँछन् । घरेलुले कृतिम उद्यमी र कम गुणस्तरको उपकरण वितरण गरेर धेरै बजेट देखाएर आर्थिक अनियमितता गरेको वडाका जनप्रतिनिधिको आरोप छ । यस विषयमा मेडेपका जिल्ला संयोजक ईश्वरी गौतमसँग जानकारी लिँदा आफूले त्यस्तो आर्थिक अनियमितता नगरेको र बिल भर्पाइ सबै सम्बन्धित कार्यालयमा बुझाएको र उक्त बिल जो कसैले हेर्न सक्ने बताए ।

यता घरेलुका सूचना अधिकृत तथा लेखापाल दिलीपकुमार श्रेष्ठसँग जानकारी माग्दा आर्थिक अनियमितता नभएको र बरू कतिपय वस्तु बाहिरबाट खरिद गरेर ल्याउँदा बढी आर्थिक खर्च भएको दाबी गरे । स्थानीय जनप्रतिनिधि तथा उद्यमीका अनुसार घरेलुले झण्डै सय उद्यमी देखाएको मध्ये ५० प्रतिशत उद्यमी कृतिम भएको र कृतिम उद्यमीको नाममा आर्थिक अनियमितता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
कोशी ब्यारेजका सबै ढोका खोलिए
कोशी ब्यारेजका सबै ढोका खोलिए
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा
मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
सिरहा ,विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी
सिरहा ,विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
परिवार पोखरामा पारस एक्लै चितवनतिर
परिवार पोखरामा पारस एक्लै चितवनतिर
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति

तपाईंले छुटाउनुभयो कि?