पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

सारांश

  • बेइजिङ, १७ चैत पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
  • जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो ।
  • “कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ,” स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् ।

बेइजिङ, १७ चैत पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ,” स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् ।

यही प्रान्तमा गत साता रसायन प्लान्टमा भएको एक विस्फोटका कारण ७८ जनाको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका थिए ।

चीनमा नियमित झैं हुने गरेका घातक दुर्घटनाहरुले कारखानाको सुरक्षाप्रति चीनमा बेवास्ता गर्ने गरिएको देखाएको छ ।

गत नोभेम्बरमा उत्तरी चीनको झाङजियाकाउ प्लान्टमा ग्यास चुहिएर भएको दुर्घटनामा २४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए ।

सन् २०१५ मा उत्तरी तटीय शहर तियानजिनमा भएको रसायन उद्योग विस्फोटमा १६५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?