चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव

सारांश

  • बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज (शुक्रबार) नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
  • त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने बताइएको छ ।

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज (शुक्रबार) नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने बताइएको छ ।

उक्त चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र (शनिबार) मौसम केही प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ।

बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना रहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?