पाँच दलको मेयर उपमेयरमा कहाँ कहाँ भयो सहमति ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ७, २०७९
|
|
५० पटक हेरिएको
Shares
पाँच दलको मेयर उपमेयरमा कहाँ कहाँ भयो सहमति ?

सारांश

  • पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।
  • ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।
  •  उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक÷एकमा मेयर पाएका छन्।

पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक÷एकमा मेयर पाएका छन्।

कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।

मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।

यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो।

उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए।

सूची यस्तो छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
सरकारविरुद्ध आन्दोलन गर्ने तयारी भैरहेको पौडेलको खुलासा
बुधबार सपथ लिदै सांसद भट्टराई
बुधबार सपथ लिदै सांसद भट्टराई
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
प्रचण्डको चमत्कारः ८ दिन, १०० कार्यक्रम, १९००० प्रवेश
प्रचण्डको चमत्कारः ८ दिन, १०० कार्यक्रम, १९००० प्रवेश
1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
कसरी गर्छ सर्पले सेक्स ? थाहा पाउनु भयो भने अचम्म पर्नुहुने छ !
कसरी गर्छ सर्पले सेक्स ? थाहा पाउनु भयो भने अचम्म पर्नुहुने छ !