चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
सारांश
- काठमाडाै, १० असाेज ।
- युवापुस्ता माझ चर्चित मानिएका उपन्यासकार सुबिन भट्टराईको पछिल्लो उपन्यासको कभर डिजाइन चोरीको भएको फेला परेको छ ।
- गत शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा एक विमोचन कार्यक्रम गर्दै भट्टराईले ‘प्रिय सुफी’ नामको उपन्यास सार्वजनिक गरेका थिए ।
काठमाडाै, १० असाेज । युवापुस्ता माझ चर्चित मानिएका उपन्यासकार सुबिन भट्टराईको पछिल्लो उपन्यासको कभर डिजाइन चोरीको भएको फेला परेको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा एक विमोचन कार्यक्रम गर्दै भट्टराईले ‘प्रिय सुफी’ नामको उपन्यास सार्वजनिक गरेका थिए । प्रिय सुफी फाइन प्रिन्टले बजारमा ल्याएको हो । तर उनको उपन्यासको कभर डिजाइन भने एक हंगेरियन लेखक टी राइदाले लेखेको एउटा साइन्स फिक्सनको कभर डिजाइनसँग हुबहु मिल्दोजुल्दो छ । विज्ञानमा आधारित उक्त उपन्यासको नाम ‘अज अलोमजारो (az alomjaro) हो । उक्त किताब ‘पब्लियो कियादो’ भन्ने प्रकाशनले २०१७मा बजारमा ल्याएको हो । 
हंगेरियन भाषामा लेखिएको उक्त किताबको बारेमा एउटा ‘इ-बुक सेलर’ अनलाइनले यसरी परिभाषा दिएको छ । ‘यो XVIको कथा हो । यसमा सन् २०२०मा सन् फ्रान्सिस्कोको भविष्यको वर्णन गरिएको छ । यो कथामा मुख्य चार पात्रहरू छन्, दुईजना केटा पात्रहरू जसको नाम जेरी र मार्क हो, जो भूतकालबाट दुईजना केटी पात्रहरूलाई खोज्न आउँछन् । केटी पात्रहरू इमा र कोल हुन् । किनभने विगतमा ती केटाहरूले केटीसँग कुनै महत्त्वपूर्ण काम बाँकी रहेकाले ती केटाहरू समय र स्थान परिवर्तन गरेर भेट्न चाहेका थिए ।’
स्मरण रहोस सुबिन भट्टराईले आफ्नो उपन्यासमा लेखिएका केही वाक्यहरू केही नेपाली फिल्मका पात्रहरूले संवादमा प्रयोग गरेको र आफूले त्यसको रोयल्टी पाउनुपर्ने दावी गरेका थिए । उनले हंगेरियन उपन्यासबाट हुबहु सारेको उपन्यासको कभर डिजाइनको रोयल्टी भने तिर्लान कि नाई, त्यो भविष्यले बताउला । (जनदिशा बाट)
प्रतिक्रिया