पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर

सारांश

  • पोखरा, २६ भदौ ।
  • पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ ।
  • पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ ।

पोखरा, २६ भदौ । पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ ।नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ ।

सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिश पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो । गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो ।प्रदेश सरकारले सिफारिश गरेपछि २०७४ साउन २३ गते सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो । राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो ।

विसं २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पु¥याइएको थियो । तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो ।कविशिरोमणि लेखनाथ पौड्यालको नामबाट नामाकरण गरिएको उक्त नगरपालिकाको नाम हटाइएपछि उहाँको नामबाट कुनै प्राज्ञिक थलोलाई बनाउँदा अझ सान्दर्भिक हुने अधिकांशको सुझाव छ । कविशिरोमणि लेखनाथका कृति तथा उहाँको व्यक्तित्वलाई नयाँ पुस्तासँग जोड्ने, उहाँको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने, लेखनाथमा ठूलो पुस्तकालय तथा देशभरका लेखक, कलाकारका सिर्जनासँग अघौंँ अचर्लेलाई जोड्नपर्ने जनस्तरबाट महानगरपालिकालाई सुझाव आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
मन्त्रीपरिषदको बैठक जारी
मन्त्रीपरिषदको बैठक जारी
भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
Informal Hookup Assessments – Which Casual Get together Reviews Happen to be Right For You?