नेहाले दिइन पूर्वप्रेमीलाई धम्की

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की

सारांश

  • मुम्बई, फागुन ८ ।
  • भारतीय गायिका नेहा कक्कड आक्रोशित हुँदै पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीलाई सामाजिक सञ्जालमा पोस्ट गरेर गालीसहितको धम्की दिएकी छन्।
  • पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीले उनीहरूको ब्रेकअपबारे अन्तर्वार्ता दिएपछि गायिका कक्कडले उनलाई हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

मुम्बई, फागुन ८ । भारतीय गायिका नेहा कक्कड आक्रोशित हुँदै पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीलाई सामाजिक सञ्जालमा पोस्ट गरेर गालीसहितको धम्की दिएकी छन्।

पूर्वप्रेमी तथा अभिनेता हिमांश कोहलीले उनीहरूको ब्रेकअपबारे अन्तर्वार्ता दिएपछि गायिका कक्कडले उनलाई हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गायिका कक्कडले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै अभिनेता कोइलीले आफ्नो छवि खराब गरेको आरोप लगाएकी छन्।

‘जसले मेराबारे नराम्रो भनिरहेका छन्। उनीहरू झुठा हुन् र मेरो सफलता देखेर ईश्या गरिरहेका छन्। उनीहरुलाई मेरो नाम लिएर चर्चा कमाउनु छ। चर्चा कमाउन मन भए कामबाट प्रभावित गर,’ उनले पोस्टमा लेखेकी छन्।

पोस्टमा अभिनेता कोइलीको नाम उल्लेख नभएपनि उनीप्रति लक्षित गर्दै गायिका कक्कडले पूरा परिवारको पर्दाफास गर्न सक्ने चेतावनी दिएकी छन्।

‘मैले मुख खोले भने तिम्रो आमा, बुवा र बहिनीको कर्तुत सार्वजनिक हुनेछ। उनीहरूले मलाई कस्तो व्यवहार गरेका थिए भनेर सबैले थाहा पाउनेछन्। मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोशिस नगर,’ उनले लेखेकी छन्।

अभिनेता कोइलीले गायिका कक्कडलाई गलत गरेका कारण ब्रेकअप भएको हल्ला गलत भएको दाबी गरेका छन्। उनका अनुसार गायिका कक्कडले सामाजिक सञ्जालमा आफ्नाबारे पोस्ट र टेलिभिजन कार्यक्रममा रोएर मानिसहरूले सहानभूति पाइरहेको बेला मौन रहेको बताए।

उनको व्यवहारबाट अभिनेता कोइलीका कारण सम्बन्धमा ब्रेकअप भएको अनुमान गरिएको थियो। उनीहरूबीच डेढ वर्षअघि ब्रेकअप भएको थियो। ब्रेकअपपछि उनीहरू एक अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?