चलचित्र राेज मा प्रताप दासकाे अभिनय !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
चलचित्र राेज मा प्रताप दासकाे अभिनय !

सारांश

  • काठमाडाै, १८ भदाै ।
  • नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको स्वर नेपाली सुगम संगीतमा विस्तारै गुञ्जिदै छ ।
  • आइडल सकिए लगत्तै प्रतापद्वारा स्वरवद्ध फिल्म ‘लिलिबिली’को ‘इज इट लभ’ बोलको गीतले राम्रै चर्चा पाएको थियो ।

काठमाडाै, १८ भदाै । नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको स्वर नेपाली सुगम संगीतमा विस्तारै गुञ्जिदै छ । आइडल सकिए लगत्तै प्रतापद्वारा स्वरवद्ध फिल्म ‘लिलिबिली’को ‘इज इट लभ’ बोलको गीतले राम्रै चर्चा पाएको थियो । लिलिबिली पछि प्रतापले गाएको रोज फिल्मले गीतले चर्चा पाउँदैछ ।

फिल्म ‘रोज’ मा समावेश ‘फूल हैन’ बोल लिएर प्रताप यतिबेला मोफसल टुरमा निस्किएका छन् । उनीसँगै फिल्मका नायक प्रदीप खड्का, दुई नायिका मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणा कन्सर्टमा सहभागी छन् । रोजको कन्सर्टमा सहभागी भएका प्रतापको कतै भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अभिनय त छैन रु आइतबार इटहरीमा आयोजित प्रेसमिटमा सञ्चारकर्मीले उनलाई प्रश्न गरे ।

सञ्चारकर्मीको यस प्रकारको प्रश्नमा प्रताप केहिबेर रोकिए । उत्तर दिनुअघि छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेर्दै ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ भन्ने जवाफ दिए र मुसुक्क हाँसे । तर उनले रोज मा आफ्नो अभिनय नरहेको प्रष्ट्याए । यद्पी राम्रो फिल्ममा कामगर्ने इच्छा रहेको प्रतापले खुलाए । ‘यदि राम्रो फिल्मका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकी मलाई पहिले देखी फिल्ममा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने ।

कार्यक्रममा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले ‘रोज’को बिषयमा जानकारी गराए । आइतबार इटहरी र धरानको कन्सर्ट सकेलगत्तै सोमबार टिम झापा पुगेको छ । झापामा दमक र बिर्तामोडमा कन्सर्ट गरे लगत्तै टिम काठमाडौं फर्किनेछ । काठमाडौंमा पनि दुई ठाउँमा कन्सर्ट गरिने निर्माण नियन्त्रक बुद्धलालले जानकारी दिए । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको रोज लाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
मलाइका–अर्जुनको प्रेममा सलमान बाधक
मलाइका–अर्जुनको प्रेममा सलमान बाधक
भोलीदेखि देशैभर लक डाउन, घर बाहिर निस्किए कारवाही
भोलीदेखि देशैभर लक डाउन, घर बाहिर निस्किए कारवाही
थाहा पाउनुहोस् शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान
थाहा पाउनुहोस् शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
आर्यघाटमा समेत चल्छ कमिसनको चलखेल
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

तपाईंले छुटाउनुभयो कि?