चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !

सारांश

  • काठमाडौं, पुस १५ ।
  • मान्छे एउटा अपेक्षीत प्राणी हो ।
  • उसले जीवनमा धेरै किसिमका अपेक्षा राख्ने गर्दछ ।

काठमाडौं, पुस १५ । मान्छे एउटा अपेक्षीत प्राणी हो । उसले जीवनमा धेरै किसिमका अपेक्षा राख्ने गर्दछ । त्यसै क्रममा उसका कति अपेक्षा पुरा हुन्छन्, त कति अपेक्षा अधुरै रहन्छन् । आज हामी हाम्रा चलचित्रकर्मीहरुबाट दर्शकले राख्ने गरेको अपेक्षाको विषयमा चर्चा गर्न गैरहेका छौं ।

निर्माण घोषणा भएको दिनबाट आम चलचित्र प्रेमी दर्शक र चलचित्रकर्मीहरुले चलचित्र ‘शत्रु गते’ प्रति ठूलै अपेक्षा गरेको पाईएको छ । कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरीवंश आर्चायको नाम जोडीएको कारणले गर्दा पनि यो चलचित्रप्रति दर्शकको अपेक्षा बढेको हुन सक्छ ।

त्यसो त मह जोडीलाई ठूलो पर्दाको चलचित्रमा असफल जोडीको रुपमा पनि हेर्ने गरिन्छ । पछिल्लो समय यो जोडी जोडीएका केही चलचित्रहरुले बक्स अफिसमा थोरै पनि उत्साह जगाउने व्यापार गर्न नसकेको केही उदाहरण हाम्रो छन् ।

सानो पर्दामा निकै सफल रहेको यो जोडीलाई घरकै टेलीभिजनको पर्दामा निःशुल्क हेर्न पाईरहेका दर्शक पैसा तिरेर सिनेमा हलसम्म जान कन्जुसाँई गरेकाले पनि यो जोडी ठूलो पर्दामा असफल भएको अनुमान लगाउने गरिन्छ ।

तर चलचित्र शत्रु गतेको हकमा माथि उल्लेखीत कुरा लागु नहुन पनि सक्छ । किनकि यो चलचित्र प्रर्दशन हुनै बाँकी छ । हाँस्य कलाकारहरुको एउटा ठूलै जथ्थाले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रले आज एउटा गित सार्वजनिक गरेको छ ।

रुपै मोहनी बोल रहेको यो गीतले दर्शक निराश् पारेको चर्चा हुन थालेको छ । यो चलचित्रको गीतप्रति दर्शकले जति ठूलो अपेक्षा गरेका थिए त्यो अपेक्षा ‘रुपै मोहनी’ले पुरा गर्न नसकेको हो कि भन्ने टिकाटिप्पणी हुन थालेको छ ।

यसै क्रममा चलचित्रकर्मीहरुले त झन ‘शत्रु गते’को ‘रुपै मोहनी’लाई हात्ती आयो हात्ती आयो फुस्सा भएको प्रतिकृया दिन थालेका छन् ।

सार्नजनिक गरिएको गीतमा हरिवंश आर्चाय, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा, दिपकराज गिरी र प्रियंका कार्कीले नृत्य गरेका छन्, भने नृत्य निर्देशन कविराज गहतराज र प्रविण हिंहको रहेको छ । त्यसैगरी टंक बुढाथोकीको संगित र मित्र गुरुङको सम्पादन रहेको छ ।

यसअघि दिपक र दिपाको प्रायः सबै गीत हिट छन् । यस चलचित्रको गीत बजारमा आउँदा दीपक र दीपा भने पहिलाको जस्तो खुसी र सन्तुष्ट देखिँदैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?