चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक
सारांश
- काठमाडौं, पुस १० ।
- चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ ।
- नेपाल र बेलायतमा खिचिएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
काठमाडौं, पुस १० । चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । नेपाल र बेलायतमा खिचिएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा देखाइएको ट्रेलरबाट प्रष्ट हुन्छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ ।
तर, नायक दयाहाङ राई चलचित्रका २ नायिका प्रियंका कार्की र दिया पुन मध्ये कसका हुन्छन् भन्ने ट्रेलरमा खुलाइएको छैन ।
चलचित्र ‘ह्याप्पी डेज’ को लण्डनमा प्रिमियर समेत भैसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया