प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
६० पटक हेरिएको
Shares
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव

सारांश

  • काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगसँग प्रस्ताव गरेका छन् ।
  • आगामी माघ ७ गतेभित्र दुवै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण समय कम रहेको तथा खर्च पनि घट्ने भन्दै प्रधानमन्त्री देउवाले एकैपटक दुवै निर्वाचन गर्ने विषयमा आयोगसँग छलफल गरेका हुन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा आयोगका पदाधिकारीले भने दुई निर्वाचन एकैपटक गर्नका लागि व्यवस्थापकीय र कानुनी जटिलता भए पनि सरकार र दलहरूबीच सहमति जुटे आयोग तयार रहेको बताएका थिए ।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगसँग प्रस्ताव गरेका छन् । आगामी माघ ७ गतेभित्र दुवै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण समय कम रहेको तथा खर्च पनि घट्ने भन्दै प्रधानमन्त्री देउवाले एकैपटक दुवै निर्वाचन गर्ने विषयमा आयोगसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा आयोगका पदाधिकारीले भने दुई निर्वाचन एकैपटक गर्नका लागि व्यवस्थापकीय र कानुनी जटिलता भए पनि सरकार र दलहरूबीच सहमति जुटे आयोग तयार रहेको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले एकैपटक निर्वाचन गर्न सकिन्छ कि भनेर आयोगसँग परामर्श गर्नुभयो’, निर्वाचन आयुक्त ईश्वरी पौडेलले अन्नपूर्णसँग भने, ‘आयोगले व्यवस्थापकीय र कानुनी जटिलताबारे कुरा राखेको छ ।’

आयोगले दुई निर्वाचन एकैचोटि गर्ने भए प्रतिनिधिसभा र प्रदेशसभाका लागि एउटै मतपत्र हुनुपर्ने, प्रत्यक्ष निर्वाचितले जति मत प्राप्त गर्छ त्यसलाई नै दलको समानुपातिक मत मानेर अघि बढ्नुपर्ने सर्त प्रधानमन्त्रीसँग राखेको थियो । ‘राजनीतिक दल र सरकार स्पष्ट रूपमा एकै चरणमा निर्वाचन गर्न तयार रहे आयोग सकारात्मक छ भनेर हामीले जवाफ दिएका छौं’, आयुक्त पौडेलले भने ।

प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनका लागि समय कम रहेको स्पष्ट पार्दै चाँडै मिति घोषणा गर्न ध्यानाकर्षण गराएका थिए । ‘दलहरूसँग कुरा गरेर मिति घोषणा हुन्छ’, प्रधानमन्त्रीले भनेका थिए ।

आयोग पदाधिकारीले निर्वाचन गर्न संसद्मा रहेका निर्वाचनसम्बन्धी विधेयकहरू छिटो पारित गरी राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । सरकार माघ ७ भित्रै दुवै निर्वाचन गर्न प्रतिबद्ध रहेको देउवाले बताएका थिए । क्षेत्र निर्धारण आयोगले काम थालिसकेको तथा निर्वाचनसम्बन्धी दुईवटा कानुन पनि केही दिनभित्रै पास हुनेमा प्रधानमन्त्रीले आश्वस्त पारेको आयोगका कामु सचिव महेश्वर न्यौपानेले बताए ।

प्रधानमन्त्रीले जनताको ‘एक-एक मतको कदर हुनुपर्ने’ भन्दै पद्धति सुधार गरेर मत बदर कम गर्न सुझाव दिएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विद्युतीय मतदान स्रोत-साधन तथा समय आदि कारण सम्भव नभए पनि बदर मत घटाउन भने प्रयास गर्ने प्रतिबद्धता आयोग पदाधिकारीले प्रधानमन्त्रीसमक्ष गरेको कामु सचिव न्यौपानेले बताए ।अन्नपूर्णपोस्ट बाट सभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाग्यले ठगेका एमालेका यी प्रभावशाली नेताहरु
भाग्यले ठगेका एमालेका यी प्रभावशाली नेताहरु
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
११८ दलले बुझाएनन सम्पत्ति विवरण, आयोगले दियो अल्टिमेटम
११८ दलले बुझाएनन सम्पत्ति विवरण, आयोगले दियो अल्टिमेटम
माधव नेपालविरुद्ध अख्तियारले मुद्दा नचलाउनुको कारण
माधव नेपालविरुद्ध अख्तियारले मुद्दा नचलाउनुको कारण
कांग्रेसको जागरण अभियान सकिदाँ किन नेताहरु दबाबमा ?
कांग्रेसको जागरण अभियान सकिदाँ किन नेताहरु दबाबमा ?
केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर
केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
रोकिएन भुकम्पको त्रास : बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प !!!
रोकिएन भुकम्पको त्रास : बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडकाे भूकम्प !!!