डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
५८ पटक हेरिएको
Shares
डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध

सारांश

  • डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।
  • बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको त्यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
  • बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो ।

डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको त्यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो ।

बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ । बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ ।

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ । बेलायतमा आगामी क्रिस्मसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ ।

आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध डच सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ । डच स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरुमा झनै बढ्न सक्ने बताएको छ ।

यसैले पनि डच सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति डच सरकारले लिएको पनि बताइएको छ ।

डच सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु
श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)