के होला संसदमा? सत्ता पक्ष र प्रतिपक्षीका आ आफ्नै अडान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares
के होला संसदमा? सत्ता पक्ष र प्रतिपक्षीका आ आफ्नै अडान

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आज शुक्रबार बस्ने बैठक मर्यादित बनाउन पहल गरेका छन् ।
  • उनले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच बैठकमा संयमता अपनाउन र सहमति गरेर अगाडि बढ्न आग्रहका लागि संसद भवनमा दुई पक्षीय बैठक डाँकेका हुन्।

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आज शुक्रबार बस्ने बैठक मर्यादित बनाउन पहल गरेका छन् । उनले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच बैठकमा संयमता अपनाउन र सहमति गरेर अगाडि बढ्न आग्रहका लागि संसद भवनमा दुई पक्षीय बैठक डाँकेका हुन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुख सहभागी रहेका सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।

चिकित्सा विधेयक पारित गर्न र त्यसलाई रोक्न सत्ता र प्रतिपक्षबीच आज संसदमा यस अगाडिका दुई बैठकमा भन्दा झनै तनावपूर्ण अवस्था आउने पूर्व सङ्केत पाएपछि सभामुखले पहल लिएका हुन्।

सत्तारूढ दलबाट सभामुख बनेका कृष्णबहादुर महरालाई आफ्नो दल नेकपाको दवाव स्वाभाविक हुने नै भयो। अर्कोतर्फ दलीय आग्रह साँधेर संसदीय मूल्यमान्यतालाई ध्वस्त पार्न सभामुख महरा सत्ता पक्षको मोहरा बनेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप छ।

विचाराधीन चिकित्सा विधेयक कुनै पनि हालतमा पेस गर्न सत्तारूढ दलको जोड छ। त्यसलाई रोक्न सबै हतकण्डा अपनाउने तयारीमा छ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस।

अघिल्ला बैठकमै सत्ता र प्रतिपक्षको भिडन्त संसदमा भैसकेको छ। सभामुख र मर्यादा पालक परिचालन गरेर सत्तारूढ दलले प्रतिपक्षीलाई दमन गर्ने र पेलेर जाने रवैया अपनाएको प्रतिपक्षीको आरोप छ। प्रकृया पूरा भएर आएको विधेयक रोकेर संसदीय परम्परालाई लत्याउँदै बाहिरी प्रभावमा परेर प्रतिपक्षीले अस्वाभाविक हर्कत गरेको सत्तारूढको आरोप छ।

यस अगाडिका दुई वटा बैठकमा प्रतिनिधि सभा हलमा कोलाहल मच्चियो। आज शुक्रबारको बैठक झनै तनावपूर्ण हुने सत्ता पक्ष र प्रतिपक्षले प्रष्टै सङ्केत दिएका छन्।

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?