चितवनको मतगणना दिउँसो १ बजेदेखि

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२८ पटक हेरिएको
Shares
चितवनको मतगणना दिउँसो १ बजेदेखि

सारांश

  • चितवन।
  • चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।
  • आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकले कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउनेलगायतका निर्णय भएका छन् ।

नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी दिएको छ। आइतबार साँझ बैठकमा प्रमुख जिल्ला अधिकारी नआएको भन्दै कांग्रेस, नेकपा (एमाले)सहितका दलले आपत्ति जनाएपछि बिहान पुनःबैठक बसेको हो । ती दलले प्रमुख जिल्ला अधिकारीको संलग्नतामा आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै बैठकमा जवाफ दिनुपर्ने माग गरेका थिए ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए। त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिंगी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक(वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल
नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
Where to Find a Bride Right from
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
पुस ८ गते बुधवारको राशिफल यस्तो छ
पुस ८ गते बुधवारको राशिफल यस्तो छ
मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण
मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालमा कोराना संक्रमितको संख्या १३ पुग्यो
नेपालमा कोराना संक्रमितको संख्या १३ पुग्यो

तपाईंले छुटाउनुभयो कि?