आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४० पटक हेरिएको
Shares
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने

सारांश

  • काठमाडौं, माघ ७ ।
  • चाइनिज नयाँ बर्षको अवसर पारेर मलेसियाको मुहार र मुहार आसपास क्षेत्रमा युनिक धमाका–७ आयोजना हुने भनिए पनि यतिबेला आयोजक विवादमा मुछिएको छ ।
  • सेक्स प्रस्ताव राखेको भन्दै विवादको विषय उत्पन्न भएको हो ।

काठमाडौं, माघ ७ । चाइनिज नयाँ बर्षको अवसर पारेर मलेसियाको मुहार र मुहार आसपास क्षेत्रमा युनिक धमाका–७ आयोजना हुने भनिए पनि यतिबेला आयोजक विवादमा मुछिएको छ । सेक्स प्रस्ताव राखेको भन्दै विवादको विषय उत्पन्न भएको हो ।

मोडल प्रमिला न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमै आफूलाई आयोजकले सेक्स प्रस्ताव राखेको भनेर स्ट्याटस नै पोष्ट गरेकी छिन् । स्ट्याटस पोष्ट गरेपछि आयोजक र न्यौपानेको फरक–फरक कुराहरु आउन थालेको छ ।

न्यौपानेले शिखरन्यूजसँगको कुराकानीमा भनिन्, ‘आफूलाई कार्यक्रममा लैजाने लगभग ‘फिक्स’ भइसकेको थियो, ब्यानरमा पनि मेरोलगायत अन्य कलाकारहरुको फोटो राखेर प्रिन्ट गरियो । तर, सेक्स प्रस्ताव राखेपछि मैले अस्विकार गरें, अनि ब्यानर पनि चेन्ज गर्नुभएछ ।’

मोडल न्यौपानेले युनिक धमाका–७ का आयोजकमध्ये एकजना आयोजकजीले सेक्स प्रस्ताव राख्नुभएको थियो, उहाँको प्रस्ताव स्वीकार नगर्दा पोष्ट नै रातारात चेन्ज गर्नुभएछ, आयोजक टिमलाई धन्यवाद । यस्तो प्रोगाममा जानुभन्दा नजानै बेस । भनेर १३ घण्टाअघि फेसबुकमा लेखेकी छिन् ।

त्यस्तै मोडल न्यौपानेले २ घण्टाअघि अर्को फेसबुक स्ट्याटस पोष्ट गरेकी छिन् । आयोजक टिमले मेरो प्रश्नको उत्तर दिनुस्, सक्नुहुन्छ भनेर उनले प्रश्न गरेकी छिन् ।

आयोजक टिमले आफूलाई अदालतको धम्की दिएको भन्दै आफू पनि अदालत गएर उभिने बताएकी छिन् । ‘साँचो बोल्दा नराम्रो लाग्यो हजुरहरुलाई, अदालतको धम्की नदिनु म नि मेरो मानहानीको आरोपमा अदालत जान सक्छु तपाईंहरुले चेन्ज गरेको तस्बिर/ब्यानरले प्रमाण दिएको छ,’ भन्दै फेसबुकमा न्यौपानेले लेखेकी छिन् ।

त्यस्तै न्यौपानेले यसरी तस्बिर चेन्ज हुन्छ भन्ने थाहा भएको भए सबै राख्थे, त्यही पनि एक प्रमाण काफी छ सही÷गलत छुट्याउन भन्दै आक्रोश पोखेकी छिन् ।

यता आयोजक टिमका भीमसेन केसीले मोडल न्यौपानेको समाचारलाई खण्डन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नै केसीले खण्डन गरेका हुन् ।

केसीले सन्दर्भ युनिक धमाका–७ को भनेर लेखेका छन् । ‘हाम्रा कलाकार साथीहरु यतिसम्म तल्लो स्तरको घिनलाग्दो कुरा गर्नसम्म पछि परेनन्,’ केसीले फेसबुकमा पहिलो प्यारेग्राफमा लेखेका छन् ।
केसीले आफैं प्रश्न गरेका छन्, – ‘आखिर किन ? मलाई जहाँसम्म लाग्छ, मोडल मिस प्रमिला न्यौपाने आफू चर्चामा आउन यो सब गर्दैछिन् ।’ उत्तर पनि केसी आफैंले दिएका छन् ।

केसीले फेसबुकमा उनले भने अनुसार उनलाई आयोजकले सेक्स प्रस्ताव राख्नुभएको रे जो कि आयोजक म सबैले देख्न सक्नुहुन्छ मेरो नाम छ । र, म सँग प्रमिलाजीको कुरा भएको पनि यति नै हो । र मैले प्रश्न गर्दा उहाँ रिप्लाइ गर्न सक्नुहुन्न किन ? युनिक धमाका–७ मा आउन नपाएर यतिसम्म गर्दै छिन् मिस प्रमिला न्यौपाने । तपाईंहरु के भन्नुहुन्छ । लेखेका छन ।

केही बर्ष यता ग्रेट कन्चनगंगा एसडिएनबीएचडिले प्रायोजन गर्दै आएको उक्त कार्यक्रम मलेसियाको चर्चित कार्यक्रम हो । चाइनिज नयाँ बर्षको लामो विदाको सदुपयोग गरी मलेसियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई रमाइलो र नयाँ कलाकारलाई प्रोत्साहन गर्ने मुख्य लक्ष्यले कार्यक्रम आयोजना गरिएको भएपनि यस्तो विवाद आउनु दुःखद कुरा हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?