मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति

सारांश

  • काठमाडौँ ।
  • मधेस प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ ।
  • दलहरुबीच मधेशमा आलोपालो सरकार चलाउने सहमति भएको हो ।

काठमाडौँ । मधेस प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ । दलहरुबीच मधेशमा आलोपालो सरकार चलाउने सहमति भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको स्रोतले बताएको छ ।

सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको स्रोले जानकारी दियो । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो ।

कांग्रेसको यो अडानका कारण मधेस प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन । यो विवाद मिलाउन प्रधानमन्त्री निवासमा केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो । शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रका एक नेताले बताए ।

स्रोतले भन्यो,‘आलोपालो सरकारको नेतृत्व गर्ने लगभग पहिलादेखि नै सहमति थियो तर पहिलो चरणमा कसले गर्ने भनि विवाद थियो आज बसेको गठबन्धनको बैठकले पहिलो चरणमा जसपाले नेतृत्व गर्ने सहमति भएको छ ।‘ जसपापछि कुन दलले नेतृत्व गर्ने त्यस विषयमा गठबन्धन दलले पछि प्याकेजमै सहमति गर्न नेताहरु सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?