चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
सारांश
- १७ विश्वविद्यालयले प्रत्यक्ष परार्मश दिने चितवन, ९ साउन ।
- वैदेशिक उच्च शिक्षामा ख्यातिप्राप्त ग्लोबल रिच नेपाल चितवनले फेरि जिल्लामा अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर गर्ने भएको छ ।
- विगत भन्दा झनै बृहतरुपमा चितवनमा अष्ट्रेलियन युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागितामा नै अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने भएको हो ।
१७ विश्वविद्यालयले प्रत्यक्ष परार्मश दिने
चितवन, ९ साउन । वैदेशिक उच्च शिक्षामा ख्यातिप्राप्त ग्लोबल रिच नेपाल चितवनले फेरि जिल्लामा अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर गर्ने भएको छ । विगत भन्दा झनै बृहतरुपमा चितवनमा अष्ट्रेलियन युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागितामा नै अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने भएको हो ।
ग्लोबल रिच नेपाल चितवन शाखाको आयोजनामा होटल गार्डेन रिसोर्टमा यही १८ गते शुक्रबार हुने फेयरमा योपटक १७ वटा अष्ट्रेलियन विश्वविद्यालय तथा २ वटा कलेजहरुको सहभागिता हुने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिए । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुको सहभागी गराई अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेशन फेयरलाई निरन्तरता दिएको पौडेलले स्पष्ट पारे ।
यो पटकको फेयरमा अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम् सहभागी भई विद्यार्थीहरुलाई जानकारी दिने आयोजकको भनाइ छ । साथै यो पटकको फेयरमा नेपालका विभिन्न चर्चित बैंकहरु नबिल बैक, नेपाल एसबिआई बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंकले शिक्षा लोनका लागि बैकिङ प्रोसेससम्बन्धी जानकारी दिने समेत भएकोले यो पटक फेयर विद्यार्थीहरुका लागि निकै उपयोगी हुने उनले बताए ।
भरतपुर गार्डेन रिसोर्टमा हुने फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले यी अष्ट्रेलियन युनिभर्सिटीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अष्ट्रेलियन शिक्षाबारे जानकारी पाउन सक्नेछन् ।
फेयर बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । ग्लोवल रिचका चितवन प्रमुख पौडेलका अनुसार यस अष्ट्रेलियन युनिभर्सिटी फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन सक्नेछन् । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्न सक्नु यो फेयरको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
फेयरमा विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्ति लगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढाउन सक्ने भएकाले उनीहरुले भोलि पढ्न गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहने उनको भनाइ छ । जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको छ ।
शहिदचोकमा रहेको ग्लोबल रिचले नेपाली विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ । ग्लोबल रिचले यो अवसर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि अमृत सरह भएको बताएको छ । एजेन्टहरुमार्फत डकुमेन्ट अष्ट्रेलिया पठाएर प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेशमै विश्वविद्यालयहरुका प्रतिनिधि आएर उनीहरुमार्फत आफ्नो शैक्षिक क्यारियर पहिल्याउने र सोही स्थानमा एप्लाई गर्न पाउने भएकाले यस फेयरको विशेष महत्व रहेको उनले बताए । ग्लोवल रिचले यस किसिमका फेयरहरु वर्षेनी गर्दै आइरहेको छ । यो पटकको फेयर १५ सय भन्दा विद्यार्थीहरु सहभागी हुने पौडेलको दावी छ ।
(Klonopin)
प्रतिक्रिया