शिक्षकमाथि अज्ञात समूहबाट गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७३
|
|
१६० पटक हेरिएको
Shares
शिक्षकमाथि अज्ञात समूहबाट गोली प्रहार

सारांश

  • रौतहटको विश्रामपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ ।
  • मंगलबार राति घरमा सुतिरहेका विश्रामपुरका शिक्षक राम एकवाल प्रसाद यादवमाथि गोली प्रहार भएको हो ।
  • मकवानपुरको एक निम्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षक यादवलाई राति एक बजेतिर अज्ञात समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटको विश्रामपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ ।
मंगलबार राति घरमा सुतिरहेका विश्रामपुरका शिक्षक राम एकवाल प्रसाद यादवमाथि गोली प्रहार भएको हो ।

मकवानपुरको एक निम्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षक यादवलाई राति एक बजेतिर अज्ञात समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

टाउकोमा गोलि लागेका यादवको अवस्था गम्भीर रहेको र उनको हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अशोक झाले बताए ।

घटनाको अनुसन्धान भइरहेको र गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?