मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मेशिन थपेर काेराेनाकाे नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै

सारांश

  • काठमाडौं ।
  • प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ ।
  • हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब)मा गरी ३ हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुन लागेको हो ।

काठमाडौं । प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब)मा गरी ३ हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुन लागेको हो ।

हाल सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा २५ र निजी संस्थासँग रहेका १५ रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) मेशिनलाई ठाउँठाउँमा सेट गरी परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले जानकारी दिए। आजसम्म काठमाडौँमा १ हजार ९ सय ६५ र काठमाडौँ बाहिर ४ सय १ गरी कूल २ हजार ३ सय ६६ को परीक्षण भएकामा नौजनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज १ सय ८० नमूना परीक्षण भइरहेका छन् भने करीब ८ हजार व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । उनले हाल धनगढी, पोखरा र नेपालगञ्जमा ठूला पिसिआर मेशिन जडान भइरहेका जानकारी दिए । सरकारको निर्णयअनुसार काठमाडौँबाहिरका १० ठाउँमा परीक्षण सञ्चालन भइरहेको र ती स्थानबाहेक थप नयाँ ठाउँमा मेशिन सेटअप गर्न स्वास्थ्य मन्त्रालयको प्याथोलोजी सल्लाहकार समितिले अध्ययन गरिरहेको छ ।

यही चैत १० गते को स्वास्थ्य मन्त्रिस्तरको निर्णयबाट डा गुणराज लोहनीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । सो समितिले ल्याबहरुको स्थापना, प्रोटोकल निर्माण, जनशक्ति व्यवस्थापन र सामानको गुणस्तरबारे नियमित अध्ययन र परामर्श गर्दै आएको छ । सो समितिका सदस्य एवं नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालभित्रै रहेका र प्रयोगमा नआएका पिसिआर मेशिनलाई प्रयोग गराउँदै परीक्षणको दायरा बढाउन सकिने स्पष्ट भएको बताए । यी ल्याबहरु अब दीर्घकालका लागि स्थापित हुनेछन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनानुसार यी सेटअप भएका ल्याबहरु भविष्यमा यस्ता कुनै पनि भाइरलको परीक्षणका लागि काठमाडौँमा नमूना पठाइरहन पर्ने पद्धतिको अन्त्य गराउन त्यहीँ परीक्षण गराउन नियमित सञ्चालनका लागि बजेटको प्रबन्धमा मन्त्रालय जुटेको छ । बर्ड फ्लुको प्रकोप फैलिएका बेला सञ्चालन गरिएका कृषि तथा भेटेरिनरीमा रहेका प्रयोगविहीन मेशिनलाई प्रयोग गर्नेबारे शुरुमा अन्योल तथा ढिलै भए पनि आफूहरु प्रयोगमा ल्याउन सफल भएको खनालले बताए ।

उक्त मेशिनको ५० लाखसम्म मूल्य पर्ने र प्रयोगशाला सेटअपका लागि चार देखि पाँच करोडसम्म लाग्छ । प्रयोगशालामा एकजनाको नमूना एकपटकको परीक्षणका लागि १३ हजार ५०० पर्छ । कोरोना भाइरसको नमूना परीक्षणको सम्पूर्ण खर्च सरकारले व्यहोर्दै आएको छ । निजी क्षेत्रका अस्पताललाई परीक्षण गर्न दिइएमा शुल्क उठाउन सक्ने र बिरामीले तिर्न नसक्ने भएकाले सरकारले आफैँ जिम्मा लिएको हो ।

हाल चालू पिसिआरमा स्वाब परीक्षण र ¥यापिड डाइग्नोष्टिक किटबाट रगत परीक्षण दुवै विधिबाट परीक्षणको दायरा बढाउन लागिएको हो । प्रयोगशाला स्थापनाका लागि रि एजेन्ट, बायोसेफ्टी क्याबिनेट (बिएसएलटु), ल्याब सेटअपको पूर्वाधार आवश्यक पर्छ । हाल केन्द्रीय प्रयोगशालाका रुपमा काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रहेको छ भने सात प्रदेशका सातसहित वीर अस्पताल, धुलिखेल अस्पताल, चितवन अस्पतालमा नमूना परीक्षणका लागि ल्याब सञ्चालन भइरहेको छ ।

सुर्खेत र बुटवलबाहेक ती स्थानमा हाल दैनिक ३०० जनाको नमूना परीक्षण गर्न सकिन्छ । तर क्वारेन्टाइन र अन्य स्थानबाट भाइरसको आशङ्का गरिएका व्यक्तिको स्वाबको नमूना पर्याप्त नआएकाले ल्याबको क्षमतानुसार परीक्षण हुन नसकेको सदस्य खनालले जनाउनुभयो । ती १० स्थानका प्रयोगशालामा केन्द्रबाट दुई दुई जना जनस्वास्थ्य विज्ञ पठाई जनशक्तिलाई प्रशिक्षित गरी काम शुरु भएको छ । एक प्रयोगशाला २४ घण्टा सञ्चालनका लागि कम्तीमा २० जना जनशक्ति र २० थान व्यक्तिगत सुरक्षा कवच (पिपिई) आवश्यक पर्छ । भाइरल भएका बिरामीको सङ्क्रमण नसरोस् भनी प्रयोग गरिने पिपिई एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन ।

मन्त्रालयले स्वाबको नमूना सङ्कलन गरी ल्याउन १० हजार भाइरल ट्रान्सपोर्ट मेडियम (भिटिएम) विभिन्न जिल्लामा पठाइसकेको छ तर हालसम्म दुई हजार २०० स्वाबको नमूना मात्र ल्याबमा आएको छ । ल्याबमा परीक्षणका लागि ल्याब वैज्ञानिकको आवश्यकता पर्नेमा हाल यस्तो जनशक्ति नेपालमा करीब १०० जना रहेको जनाइएको छ । यी जनशक्तिमध्ये अनुभवी र विज्ञले अन्यलाई तालीम दिएर पनि ल्याब सञ्चालन गर्न सकिने वीर अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमले बताउनुभयो । उहाँले परीक्षण कार्यमा रहनेहरु जोखिम मोलेर सङ्क्रमणको परीक्षण र रोकथाममा लागिपरेकाले कुनै पनि सूचना प्रवाह गर्दा आधिकारिकता र विश्वसनीयता हुनु आफूहरुका लागि पनि अत्यावश्यक भएको जनाए ।

काठमाडौँबाहिर गरिएको पहिलो परीक्षणलाई केन्द्रीय प्रयोगशालमा पुनः दोस्रो परीक्षण पनि गरिँदै आएको छ । सङ्क्रमितमध्ये एकजना उपचारपछि घर फिर्ता भएका छन् भने आठजना उपचारत छन् । भाइरसको प्रकोप फैलन नदिन सरकारले आगामी वैशाख ३ गतेसम्म बन्दाबन्दी (लकडाउन) जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Considering About Get a Vietnamese Partner at vietnamesewomen. org? 15 Causes So why It really is Time To Cease!
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
जो विदेशी भूमिमा अस्ताए

तपाईंले छुटाउनुभयो कि?