चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
४० पटक हेरिएको
Shares
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन्।
  • ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् ।

काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन्।

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन्।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।

तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
परम्परामात्र बन्दै घुम्ती गोठ
परम्परामात्र बन्दै घुम्ती गोठ
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
लालबाबुले हिटलरको चर्चा गरेपछि…
लालबाबुले हिटलरको चर्चा गरेपछि…
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो

तपाईंले छुटाउनुभयो कि?