परम्परामात्र बन्दै घुम्ती गोठ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
परम्परामात्र बन्दै घुम्ती गोठ

सारांश

  • गलेश्वर (म्याग्दी) ।
  • म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरूपमा मात्र सञ्चालन हुँदै आएका छन् ।
  • यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् ।

गलेश्वर (म्याग्दी) । म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरूपमा मात्र सञ्चालन हुँदै आएका छन् ।

यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुनु र पाको पुस्ताले घुम्ती गोठलाई आधुनिकीकरण गरी व्यावसायिक प्रयोजनका रूपमा विकास गर्न नसक्नुले घुम्ती गोठ केवल परम्परा धान्ने र दिन कटाउने माध्यममात्रै बन्दै गएका छन् ।

म्याग्दीका धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकाका गाउँमा घुम्ती गोठ राख्ने प्रचलन छ । यहाँका किसानले खेतबारीलाई मलिलो बनाउन र बाँझो पाखाको घाँस खुवाउनमात्र घुम्ती गोठ राख्ने गरेको धवलागिरि–३ का लोकबहादुर विकले बताए ।

गाउँपालिकाले खेतीपातीसँगै घुम्ती गोठलाई आर्यआर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याएको भए पनि किसानकै उदासिनताका कारण कार्यक्रम लाभदायी हुन नसकेको उनले बताए । पछिल्लो समय भेडागोठ आयस्रोतको माध्यम बनेको छ भने अन्य गाईभैँसीपालन गर्ने किसानले आयस्रोतका रूपमा विकास गर्न नसकेको उनको भनाइ छ ।

बाँझो जमिनलाई स्थानीयले गाईभैैँसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठका रूपमा प्रयोग गरेका छन् । बाजेहरूले गर्दै आएको परम्परागत घुम्ती गोठले खेती टाढा भएको जग्गामा अस्थायी टहरा बनाएर खेतीका लागि जग्गा मलिलो बनाउन घाँस खुवाउने प्रचलनमा सीमित रहेको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।

टाढा खेती भएको जग्गामा मल बनाउन र वरिपरि बाँझो रहेको जग्गाको घाँस खुवाउन घुम्ती गोठ कायम रहेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । घुम्ती गोठ धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ र मल्कवाङमा रहेका छन् ।

त्यस्तै रघुगङ्गाको चिमखोला कुइनमङ्गले र अन्नपूर्णको शिख, पाउद्वार र दोबामा भेडा तथा गाईभैँसीको घुम्ती गोठ कायम छन् । पछिल्लो समय गाउँगाउँमा सडक र वैदेशिक रोजगारीले खेती तथा पुशपालनका घुम्ती गोठ कम हुँदै गएका छन् ।

जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि युवापुस्तालाई कृषि तथा पशुपालनतर्फ रुचि नभएका कारण परम्परागत पेसालाई व्यावसायिक बनाउन नसकिएको जनप्रतिनिधिले बताएका छन् । “युवाहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन्, पुरानो पुस्ताले आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन्”, धवलागिरि–३ मुनाका पुर्म पुनले भने ।

वडाध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रममार्फत गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावना यहाँ रहेका छन् । यहाँका बासिन्दा खाली जग्गालाई घुम्ती गोठका रूपमा बाहेक अरु कुरामा प्रयोग गर्न मान्दैनन् ।

कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेको वडाध्यक्ष पुनको भनाइ छ । घुम्ती गोठलाई व्यवस्थित बनाइ त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भए पनि स्थानीयको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उनको भनाइ छ । “गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँभन्दा पनि मान्नुहुन्न”, वडाध्यक्ष पुनले भने ।

उनका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । चिसो बढेसँगै मुना, लुलाङ र गुर्जाका किसानले घुम्ती गोठ बेँसी झार्ने गर्दछन् । गर्मी बढेसँगै माथि लैजाने चलन कायम रहेको छ ।

धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेसालाई अँगालेको धवलागिरि–५ का देवान छन्त्याल बताउछन् । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठ विस्तारै घट्दै गएको, युवाहरूको आकर्षण नबढेको र पुराना गोठ पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

बेँसीबाट धवलागिरिको आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन छ । गोठको सुरक्षाका लागि भोटेकुुकुर पहिलो रोजाइमा पर्छ । चार पुस्तादेखि व्यावसायिकरूपमा भेडाबाख्रा पाल्दै आएका रघुगङ्गा–२ साझपानीका नन्दबहादुर भण्डारीको भेडीगोठको इतिहास एक सय सात वर्षको रहेको छ । उनले जाडो समयमा बेँसी र गर्मी समयमा धवलागिरि, अन्नपूर्ण र निलगिरि हिमालको काखमा भेडाको बथान पुर्याउने गर्छन ।

अन्य आम्दानीको आधार नभएपछि परिवारको खर्च जुटाउन घुम्ती गोठ राखेर भेडापालन गरेको उनको भनाइ छ । उनले पशुलाई आहाराको कमी हुन नदिन चिसोको समयमा घुम्ती गोठ बेँसी झार्छन भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गरेको बताए ।

लामो सयमदेखि खोप्रालेकको आसपासमा बाल्यकालदेखि नै भेडा–बाख्रापालन गरेका ६५ वर्षीय तुलबहादुर तिलिजाको गोठमा दुई सय ७० भेडाबाख्रा छन् । विस्थापित भएर अन्य पेसा तत्काल गर्न नसक्ने अवस्थामा हुँदा भेडापालन गरिरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुट्ने भयो जसपा
कुलोको विषयमा विवाद हुँदा एक बृद्धको ज्यान गयो
कुलोको विषयमा विवाद हुँदा एक बृद्धको ज्यान गयो
सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले के भने ?
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
दुषित पानीका कारण गाउँका सबै झाडापखालाबाट बिरामी
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग  बिस्तृत भिडियो अन्र्तवार्ता ।
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग बिस्तृत भिडियो अन्र्तवार्ता ।
प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !
प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !