संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २, २०८१
|
|
१६ पटक हेरिएको
Shares
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनको विषय अध्ययन गर्न कार्यदल बनाएको छ।
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टीका उपाध्यक्षसमेत रहेका प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल बनाएको हो ।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनको विषय अध्ययन गर्न कार्यदल बनाएको छ। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टीका उपाध्यक्षसमेत रहेका प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलमा अन्य छ सदस्यसमेत रहेका छन्।

‘आज संविधान संशोधन सबैभन्दा बढी चर्चा भइरहेको छ । सरकारमा बसेका दलहरुले संविधान संशोधनको कुरा गरिरहेका छन्। के प्रताव ल्याउँछन् थाहा छैन। तर, नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनसम्बन्धी आजको आवश्यकता, उपादेयता, संशोधन गर्ने विभिन्न पक्षका बारेमा अध्ययन गर्नका लागि सुझाव कार्यदल गठन गरेको छ। त्यो कार्यदलमा प्रकाश ज्वालाले संयोजन गर्नु हुनेछ । अरु छ जना सदस्यहरु त्यसमा हुनुभएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने।

सो कार्यदलको सदस्यहरुमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?