चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी

सारांश

  • काठमाडौं, १३ पुस ।
  • चिनियाँ मोबाइल कम्पनी हुवावेले कतिपय मुलुकले आफ्ना उत्पादनको प्रयोगमा रोक लगाएपनि सन २०१८मा २१ प्रतिशतले कारोबार बढेको जनाएको छ ।
  • बिहीवार हुवावेका अध्यक्ष कुओ पिङले नयाँ बर्षको सन्देश दिदै चालु वर्षमा १ खर्ब ८ अर्ब ५० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको जानकारी दिएका हुन् ।

काठमाडौं, १३ पुस । चिनियाँ मोबाइल कम्पनी हुवावेले कतिपय मुलुकले आफ्ना उत्पादनको प्रयोगमा रोक लगाएपनि सन २०१८मा २१ प्रतिशतले कारोबार बढेको जनाएको छ । बिहीवार हुवावेका अध्यक्ष कुओ पिङले नयाँ बर्षको सन्देश दिदै चालु वर्षमा १ खर्ब ८ अर्ब ५० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको जानकारी दिएका हुन् ।

चीनको टेलिकम कम्पनी हुवावेको बजार विश्वभर फैलिएको छ । तर केहि मुलुकले सुरक्षा चासो देखाउँदै उक्त कम्पनीका मोबाइल फोन तथा अन्य सामाग्रीहरु प्रयोगमा रोक लगाएका छन् । अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड लगायतका मुलुकहरूले सरकारी कार्यालय र सार्वजनिक ओहोदाका व्यक्तिलाई हुवावेका सामाग्री प्रयोग नगर्न भनिएको छ । बेलायतले पनि आफ्ना सुरक्षा निकायलाई हुवावेका इलेक्ट्रोनिक सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ ।

हुवावेका अध्यक्ष पिङले आफ्नो कम्पनीले कुनै सुरक्षा चुनौति खडा नगरेकोे र भविष्यमा पनि नगर्ने दावी गरेका छन् । उनले भनेका छन् “सुनलाई परीक्षण गर्ने उत्तम विकल्प आगो हो” त्यसैले हुवावे कठीन मोडमा रहेको छ । उनले सत्यको विजय हुने बताए । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?