प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

सारांश

  • काठमाडौँ, ७ जेठ, नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ ।
  • लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो ।
  • यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

काठमाडौँ, ७ जेठ, नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ ।

लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो । “दुई हजार ५०० ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेशिन जडान गरेका छैनन्, उक्त ट्याक्सीमाथि छानबिन गरिरहेका छौँ,”– उहाँले भन्नुभयो ।

विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रिन्टर मेशिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताउनुभयो ।

यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ । पहिले १५÷२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
काठमाडौंबाट लुम्बिनीको लागि छुट्यो बुलेट
काठमाडौंबाट लुम्बिनीको लागि छुट्यो बुलेट
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
दरवारमार्ग बलात्कार काण्ड:  अाठ महिनापछि अाराेपिले गरे आत्मसमर्पण !
दरवारमार्ग बलात्कार काण्ड: अाठ महिनापछि अाराेपिले गरे आत्मसमर्पण !
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

तपाईंले छुटाउनुभयो कि?