पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
सारांश
- काठमाडौं, ४ माघ ।
- सरकारले पूर्वराष्ट्रपति डा.
- रामवरण यादवलाई थप सेवासुविधा दिने निर्णय गरेको छ ।
काठमाडौं, ४ माघ । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई थप सेवासुविधा दिने निर्णय गरेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत सुविधा दिने निर्णय गरेको नागरिक दैनिकमा समाचार छ ।
“मन्त्रिपरिषदको २०७३ माघ १० गतेको निर्णयबमोजिको सुविधाका आतिरिक्त पूर्व राष्ट्रपतिलाई देहायको सुविधा गृह मन्त्रालयले उपलब्ध गराउन” २०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ, “सवारीचालक र इन्धनसहितको २ वटा सवारीसाधन, पत्रपत्रिकाबापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन, इन्टरनेट र बिजुलीको बिलबमोजिमको रकम ।”
एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिक वृद्धि ५० हजार रुपैयाँ घरभाडा मासिक २ लाख रुपैयाँसम्म, २ वटा सवारीसाधन एकजना सवारी चालक २ सय ७ लिटर मासिक इन्धन, २० लिटर मासिक मोबिल, एक जना उपसचिव तहको स्वकीय सचिव, एक जना सहयोगीलगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्रतिक्रिया