चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
५५८ पटक हेरिएको
Shares

सारांश

  • स्थानीय चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।
  • निर्वाचन आयोगले आइतबार हुने स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो ।
  • निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।

स्थानीय चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।

निर्वाचन आयोगले आइतबार हुने स्थानीय तह निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरेको हो । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर मतदान केन्द्रमा जान नपाउने निर्वाचन आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले बताए ।

‘मतदान अधिकृतलाई बन्देज गरिएको छैन । अरु सबैलाई बन्देज गरिएको छ,’ अर्यालले भने, ‘मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको हो ।’

छिनछिनमा सूचना आदान–प्रदान गर्नुपर्ने भएकाले मतदान अधिकृतलाई भने मोबाइल छुट दिइएको भन्दै अर्यालले भने, ‘तर, मतदान अधिकृतले पनि साइलेन्ट मोडमा राख्नुपर्छ ।’

कसैले मतदान गरेको प्रमाण स्वरुप फोटो खिचेर ल्याऊ भन्नसक्ने भएकाले मतदातालाई मोबाइल नै लान नदिने निर्णय गरिएको उनले बताए । मतपत्र लिनुअघि नै मोबाइल साथमा हुन नहुने उनले बताए ।

‘मतदाताहरुले मतदान केन्द्र बाहिरै छाडेर, सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएरमात्रै मतपत्र लिनुपर्छ र गोप्य मतदान गर्नुपर्छ,’ अर्यालले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
जसपा विधान अधिवेशन समितिको बैठक आह्वान
जसपा विधान अधिवेशन समितिको बैठक आह्वान
श्रीमतीको नाममा समेत स्वाहा !
श्रीमतीको नाममा समेत स्वाहा !
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने ‘मौरी झैं मेहनती बन’
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल
लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल