लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो : महासचिव पोखरेल
सारांश
- काठमाडौँ ।
- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा आज सिर्जना भएको राजनीतिक अस्थिरताको आधार परमादेशी फैसला भएका बताउनुभएको छ ।
- पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने योजनाका साथ नेकपालाई विभाजन गरी सरकार ढाल्ने जुन षडयन्त्र भयो, त्यो मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नदिने योजनाका साथ भएको बताउनुभयो ।
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा आज सिर्जना भएको राजनीतिक अस्थिरताको आधार परमादेशी फैसला भएका बताउनुभएको छ ।
पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने योजनाका साथ नेकपालाई विभाजन गरी सरकार ढाल्ने जुन षडयन्त्र भयो, त्यो मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नदिने योजनाका साथ भएको बताउनुभयो ।
परमादेशी पाँच दलीय गठबन्धन सरकारको समयमा देशको अर्थ व्यवस्था तहसनहस भएको बताउँदै महासचिव पोखरेलले वर्तमान सरकार गठनपछि पूँजीबजार नाटकीय रूपमा सकारात्मक दिशामा उकालो लागेको छ, लगानीकर्ता उत्साहित भएका छन्, यो हामी (एमाले)प्रतिको विश्वास हो भन्नुभयो ।
उहाँले पार्टीको समग्र कामको योजना वर्तमान सरकारलाई सफल पार्दै आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने दिशामा अगाडि बढ्ने रहेको बताउनुभयो । मुलुकलाई अस्थिरता र जनमतको प्रतिकूलतातिर जान नदिन साझा नीति र कार्यक्रमका साथ वर्तमान सरकार गठन गरिएको र यसलाई सफल पार्नुपर्ने उहाँको भनाई छ ।
जब जब नेकपा (एमाले)ले सरकारमा गएर देश र जनताका लागि राम्रो काम सुरु गर्छ, त्यति बेला एमाले विरुद्ध घेराबन्दी सुरु हुने गरेको भन्नुहुँदै उहाँले गत निर्वाचनको परिणामले एमाले जस्तोसुकै घेराबन्दी चिर्न सक्ने सामर्थ्य भएको बलियो पार्टी हो भन्ने पुष्टि गरेको पनि बताउनुभयो ।
“देशको विकासको गतिलाई तीव्रता दिने एमाले, सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्ने एमाले, नाकाबन्दीको डटेर सामना गर्ने एमाले, भोट भने अर्कोले लैजाने कुरा स्वीकार्य छैन”, उहाँले भन्नुभयो, “आगामी दिनमा जनताका सरोकारका विषय प्रभावकारी ढङ्गले उठाउने पार्टीका रूपमा आफूलाई तयार गर्दै एमालेलाई देशको बहुमत प्राप्त पार्टीका रूपमा स्थापित गर्ने छौँ ।”
उहाँले वर्तमान निर्वाचन प्रणालीबाट कुनै एउटा पार्टीको बहुमत प्राप्त हुने कुरा असम्भव छ भन्ने गरिएपछि पार्टीका नीति, कार्यक्रम जनतामा पुर्याउन सक्दा यही निर्वाचन प्रणालीमा पनि बहुमत प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया