चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!

सारांश

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गृह राज्य गुजरातबाट औपचारिक रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।
  • प्रमुख प्रतिपक्षी पार्टी भारतीय काँग्रेसका विरुद्धमा केन्द्रित गरेर उनले सोमबार चुनावको प्रचारप्रसार अभियान शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
  • गुजरात राज्यमा पनि भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)कै सरकार रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गृह राज्य गुजरातबाट औपचारिक रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।

प्रमुख प्रतिपक्षी पार्टी भारतीय काँग्रेसका विरुद्धमा केन्द्रित गरेर उनले सोमबार चुनावको प्रचारप्रसार अभियान शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरात राज्यमा पनि भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)कै सरकार रहेको छ ।

गुजरात राज्यमा आउँदो डिसेम्बर ९ तारिखका दिन मतदान हुन लागेको छ । निर्वाचनको अन्तिम नतिजा भने आउँदो डिसेम्बर १८ मा घोषणा गर्ने कार्यतालिका रहेको छ ।

पश्चिमी भारतीय राज्यको कुट्च जिल्लामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले गुजरातमा विकास र राजवंशीयका बीच निर्वाचन हुन लागेको बताए ।

आफ्नो पार्टीका हजारौँ समर्थकको सहभागीता रहेको कार्यक्रममा उनले आफ्नो मन्तव्य भारतीय काँग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीप्रति लक्षित गरेका थिए ।

गुजरातमा वरिष्ठ नेता गान्धीले पनि आफ्नो पार्टीको जित सुनिश्चित भएको भन्दै चुनावी अभियान चलाइरहेका छन् । गुजरातमा प्रधानमन्त्री मोदी सन् २०११ देखि १०१४ सम्म मुख्य मन्त्री भएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chandra Bdr Lamichhane

    4saalon se bikas ke naam se bipakshion ki jad ukhadfyak mein bahut pragatee hui hai….aor ab aagle chunaab ke baad baanki jad-ukhad project ko puraa kiya jayagaa…. Desh kaa kaam to congress ki samaya mein ho chuki hai aor baanki kaam janta khud kar lete hain … ab ki sarkar ki kaam bjp ki eklauti saashan bikas ki jarurat hai.

    Comment Author

    Raju Sth

    भित्र भित्र एमाले को साथ गाथ हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?